आेलीकाे वाक्युद्धमा, प्रधानमन्त्री देउवा चुप

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
१९ पटक हेरिएको
Shares
आेलीकाे वाक्युद्धमा, प्रधानमन्त्री देउवा चुप

सारांश

  • नेपाली काँग्रेसले शक्ति प्रदर्शनको रुपमा गर्ने झापा क्षेत्र नं.
  • ५ को गौरादहमा आज भएको चुनावीसभामा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकपटक पनि केपी शर्मा ओलीको नाम लिएनन् ।
  • उनले के बोल्लान् ओलीको बिषयमा भन्ने धेरैलाइ चासो रहेको थियो ।

नेपाली काँग्रेसले शक्ति प्रदर्शनको रुपमा गर्ने झापा क्षेत्र नं. ५ को गौरादहमा आज भएको चुनावीसभामा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकपटक पनि केपी शर्मा ओलीको नाम लिएनन् ।

उनले के बोल्लान् ओलीको बिषयमा भन्ने धेरैलाइ चासो रहेको थियो । ओली डडेल्धुरा गएपछि देउवा झापा आउने कार्यक्रम तय भएको थियो । यस क्षेत्रका बाम गठबन्धनका उम्मेदवार समेत रहेका डडेल्धुरामा ओलीले दिएको अभिब्यक्तिको जवाफ फर्काउने अनुमान गरिएको थियो ।

देउवाले छोटो भाषण गरे कहि पनि कुनै पार्टीलाइ किटेर र ब्याक्तिलाइ किटेर बोलेनन् । उनले कम्यूनिष्टहरु भनेर मात्र बोले । न ओलीको नै नाम लिए न त प्रचण्डको नै नाम सम्झे । ओलीको बिषयमा केहि बोल्छन् जस्तो लागेको थियो र सुन्न आएको खोइ केहि पो बोलेनन् दमकका बिद्यानन्द कोइरालाले भने ।

उनले यहाँका उम्मेदवारहरुले राखेका प्रतिबद्धताहरु पुरा गर्ने जनाए । उनले शुरुमै कसैको कुरा काट्ने पक्षमा आफू नरहेको भन्दै आफ्नो भनाइ शुरु गरेका थिए । यो साता ओली र देउवा वाकयुद्धमा उत्रदै आएका थिए । तर गौरादहको चुनावीसभा त्यस्तो देखिएन ।

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौड्यालले भने शुरुमै ओलीको नाम लिएर कडा आलोचना गरे । उनले ओलीतन्त्रबाट मूलक पीडित भएको समेत बताएका थिए । उनले एमाले र माओबादी मिलेकोमा अचम्म पनि माने । उनले कम्यूनिष्ट आन्दोलनले प्रताडित भएको जिल्ला झापा भन्दै भाषण शुरु गरेका थिए ।

पूर्व सभामुख समेत रहेका पौड्यालले बाम गठबन्धन अधिनायकबाद ल्याउनका लागि बनेको भन्दै यसलाइ काँग्रेसले फूटाउने र भत्काइ छाड्ने जनाए । मक्किसकेको भन्दै टिप्पणी पनि गरे । उनले अधिकाँश समय बाम गठबन्धनको बिरोधमा नै खर्चिए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Amar Ghotane

    पागल सङ्ग मुख लागेर महापागल बन्नु छ र?

    Comment Author

    Hari Kharel Nirdosh

    देउपा बेलाएत् बाट डिग्री होल्डर् होनि

    Comment Author

    Sudan Karki

    Oli jasto janta vaduwa haina deuwa..oli janta uchalx jhagda lagaux ani Maros ya maros.aafu chup lager basx..yahi ho oliko rajniti..tehi vayar 17000 nepali jantalai marne prachand song nata gasyo. Olile vaneko kura sayad Oli le nai birsyo hola..aaj silayar pathayo..voli feri fater aaux ani..prachandlai vaneko..sayad yo rajniti hamile bujhnai parx bampanthiko..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?