पहिलो एकदिवसीय खेलमा युएईसँग नेपाल पराजित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ११, २०७५
|
|
१९ पटक हेरिएको
Shares
पहिलो एकदिवसीय खेलमा युएईसँग नेपाल पराजित

सारांश

  • काठमाडौ ११,माघ।
  • एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ ।
  • यससँगै तीन एकदिवसीय श्रृङ्खलामा नेपाल १-० ले पछि परेको छ ।

काठमाडौ ११,माघ। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ ।यससँगै तीन एकदिवसीय श्रृङ्खलामा नेपाल १-० ले पछि परेको छ ।

नेपाल र युईएईबीचको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिंग गरेको थियो। शून्य रनमा ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले अर्का ओपनर विनोद भणडरीलाई स्कोर १६ पुग्दा गुमाएको छ । यस्तै टीमको स्कोर ४४ पुग्दा कप्तान पारसलाई गुमायो भने, त्यसपछि ४७ रनको स्कोरमा दिपेन्द्र सिंह ऐरी पनि शून्यमा आउट भएका थिए । यस्तै नेपालले ७५ रनको स्कोरमा सोमपाल कामीलाई गुमायो । सोमपाल अहिलेसम्म नेपालका तर्फबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनले ३० रनको योगदान दिए । यस्तै टीमको स्कोर ७६ रन हुँदा अर्का ब्याट्सम्यान डेब्यूटान्ट पवन सर्राफ पनि ४ रन बनाएर आउट भएका थिए ।

११४ रनको सामान्य लक्ष्य युएईले ३२.१ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्‍यो । युएईका लागि घुलाम शब्बेरले ३०, सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच, चिराग सुरीले चार र फाहाद नवाजले दुई रन बनाएर आउट भए ।

नेपालका लागि सन्दीप लामिछाने, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए पनि जित दिलाउन भने सकेनन् । त्यस्तै, सोमपाल कामीले एक विकेट लिए ।

युएईको जितमा अमिर हायत र इम्रान हैदरले राम्रो प्रदर्शन गरे । २० ओभरको समाप्तिमा सात विकेट गुमाएर ७५ रन बनाएको युएईका लागि यी दुई खेलाडीले उकासेका थिए । हायत २४ र हैडर २८ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३.५ ओभरमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?