लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै
सारांश
- काठमाडाैं ।
- लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ ।
- नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले प्रदेश सभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुने कार्यक्रम छ ।
काठमाडाैं । लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ ।नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले प्रदेश सभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुने कार्यक्रम छ । मंसिर ४ गते सम्पन्न चुनावमा गिरी रूपन्देही-२ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशकाे मुख्यमन्त्रीमा दाबी पेस गर्न दिनुभएकाे समयसीमा आज अपरान्ह ४ बजे सकिँदैछ । ताेकिएकाे समयमा नै मुख्यमन्त्रीमा दाबी पेस गर्न लागिएकाे एमालेले जनाएकाे छ ।
८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ सांसद् छन् । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३, राष्ट्रिय जनमोर्चा तथा एकीकृत समाजवादीका १-१ जना सांसद् छन् । १ स्वतन्त्र सांसद् पनि छन् ।प्रदेश सरकार गठनका लागि बहुमत पुर्याउन ४४ सांसद् चाहिन्छ ।
प्रतिक्रिया