वामपन्थीले बहुमत ल्याएर सरकार चलाउँछ, पराजित हुने भलादमी भएर बस्नुपर्छ -सुवास नेम्वाङ
सारांश
- २९ कात्तिक, काठमाण्डौ ।
- नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनको बहुमत आउनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
- विगतमा वामपन्थीले राम्रोसँग सरकार संचालन गर्न नसकेकाले देश विकास हुन नसकेकाले यसपटक जनताले वामपन्थीलाई बहुमत प्रदान गर्ने दाबी गरे ।
२९ कात्तिक, काठमाण्डौ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनको बहुमत आउनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । विगतमा वामपन्थीले राम्रोसँग सरकार संचालन गर्न नसकेकाले देश विकास हुन नसकेकाले यसपटक जनताले वामपन्थीलाई बहुमत प्रदान गर्ने दाबी गरे ।
रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसमा बोल्दै नेता नेम्वाङले कांग्रेसका नेताहरु गैर जिम्मेवार बनेर साम्यवादको हल्ला फैल्याएको आरोप लगाए । लोकतान्त्रिक संविधान अनुसार नै वाम गठबन्धनले सरकार चलाउने स्पष्ट पार्दै नेता नेम्वाङले जनतालाई भ्रममा नपर्न आग्रह गरे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गैर जिम्मेवार बनेर संविधान विपरित बोलेको उनलको आरोप छ । विगतमा धेरै सरकार परिवर्तन हुने गरेकाले अब वाम गठबन्धनको स्थिर सरकार जनताले देख्न चाहेको नेम्वाङको जिकिर छ । “यो देशमा स्थिरता र समृद्धि ल्याउनका लागि जनतामा लहर आएको छ ।” नेम्वाङले भने ।
सरकारले मन्त्रीपरिषद विस्तार र कर्मचारी सरुवा बढुवा गरेर निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको आरोप नेम्वाङको छ ।
एमाले–माओवादी मिल्दैमा कांग्रेसले अनावश्यक हल्ला फैल्याउनु जरुरी नरहेको नेम्वाङले बताए । “कांग्रेसले जुनसुकै दलसँग गठबन्धन गर्दा पवित्र हुने, हामी मिल्दा कसरी अपवित्र रु यो देशमा दलहरु मिल्न पाइन्छ कि पाइदैन ।” उनले प्रश्न गरे ।
परिपाटी र व्यवस्था राम्रो बनाउनका लागि वामपन्थीहरु एकजुट भएको बताउँदै नेम्वाङले जनताले जसलाई आर्शिवाद दिन्छन् उसैले सरकार चलाउने र पराजित हुने भलदमी भएर बस्नुपर्ने बताए ।
चुनावपछि कसलाई प्रधानमन्त्री बनाउने हो भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा नेम्वाङले अहिले व्यक्तिभन्दा पनि राम्रो व्यवस्था स्थापित गर्न लागेको बताए ।
सरकारले चुनाव सार्ने षडयन्त्र गरे पनि आफूहरुको दबाबले चुनाव समयमा नै हुन लागेको नेम्वाङको दाबी छ ।
Khyam Bhattarai
Ta jasta Buda la k garnu ra deshka lagi????
Kumar Thapa
Ramro vanai tara yo vanda mathi gayera rastriya rupama bolna tpai le chahe ko vaye jasle bahumat lyauchha usle sarkar chalauchha harne le imandarisath pratipachhe ma basnu parchha vane va atiuttam hunthyo.
Gopi Timilsina
Uml le valadmi banna sikaunu bandarle Puran padejastai ho