इजरायली हवाइ हमलामा पाँच वरिष्ठ इरानी सुरक्षा सल्लाहकारको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०८०
|
|
४० पटक हेरिएको
Shares
इजरायली हवाइ हमलामा पाँच वरिष्ठ इरानी सुरक्षा सल्लाहकारको मृत्यु

सारांश

  • काठमाडौं।
  • इरानले सिरियामा भएको हवाई हमलाको इजरायललाई जवाफ दिने चेतावनी दिएको छ।
  • इरानका राष्ट्रपति इब्राहिम राइसीले सिरियाको राजधानी दमासकसमा इरानी अर्धसैनिक उच्च अधिकारी रहेको घरलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमण अनुत्तरित नहुने चेतावनी दिएका हुन्।

काठमाडौं। इरानले सिरियामा भएको हवाई हमलाको इजरायललाई जवाफ दिने चेतावनी दिएको छ। इरानका राष्ट्रपति इब्राहिम राइसीले सिरियाको राजधानी दमासकसमा इरानी अर्धसैनिक उच्च अधिकारी रहेको घरलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमण अनुत्तरित नहुने चेतावनी दिएका हुन्।

आक्रमणमा पाँच इरानी सुरक्षा फौजका उच्च अधिकारीको मृत्यु भएको बताइएको छ। इरानले आक्रमणको आरोप इजरायल माथि लगाए पनि इजरायलले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

वर्षौंदेखि इजरायलले सिरियामा इरानसँग सम्बन्धित लक्ष्यहरूमा हमला गर्दै आएको छ। हमासले अक्टोबर ७ मा इजरायलमा गरेको हमलापछि शुरु भएको इजरायल-गाजा युद्धपछि यस्ता आक्रमणहरू अझ तीव्र भएका हुन्।

इरानी राष्ट्रपति राइसीको आधिकारिक वेबसाइटमा पोष्ट गरिएको विज्ञप्तिमा सिरियामा मारिएका सुरक्षा अधिकारीहरुका परिवार प्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

विज्ञप्तिमा इरानका पाँच प्रतिष्ठित सुरक्षा सल्लाहकारको कायरतापूर्वक हत्या गरिएको उल्लेख गर्दै उनीहरुको मृत्युको बदला लिने बाचा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?