इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या झण्डै पाँच हजार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
४० पटक हेरिएको
Shares
इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या झण्डै पाँच हजार

सारांश

  • एजेन्सी।
  • चीनको वुहान शहरबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु भएको छ ।
  • इटलीमा बिहीबार मात्रै यति ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।

एजेन्सी। चीनको वुहान शहरबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु भएको छ । इटलीमा बिहीबार मात्रै यति ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।

इटली चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो। यहाँ हालसम्म १५ हजार १ सय १३ जनामा कोरोनाको संक्रमण भएको छ भने एक हजार १६ जनाले ज्यान गुमाएका छन् ।

इटलीमा बिहीबार मात्रै २ हजार ६ सय ५१ जना नयाँ संक्रमित भेटिएका छन् । यस्तै इरानमा पनि कोरोना संक्रमणका कारण बिहीबार ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा ३१ जनाले ज्यान गुमाएका छन् ।

कोरानाका कारण चीनमा अहिलेसम्म तीन हजार एक सय ७० जनाको मृत्यु भएको छ । तर चीनमा नयाँ संक्रमित हुनेहरुको संख्या ह्वात्तै घटेको छ । बिहीबार चीनमा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ भने चारजनामा नयाँ संक्रमण फेला परेको छ ।

हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ४ हजार ९ सय ७२ जनाले ज्यान गुमाएका छन् । जसमध्ये बिहीबार मात्रै ३ सय ४४ जनाको मृत्यु भएको छ ।

हालसम्म १ लाख ३४ हजार ५ सय ६० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ती मध्ये ८ हजार तीन सय ४६ नयाँ संक्रमित हुन् । झण्डै ६९ हजार व्यक्ति निको भएर घर फर्केका छन् ।

गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान क्षेत्रमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण १ सय १५ देशमा फैलिसकेको छ।

चीनमा संक्रमण दर घटेपनि इटली, दक्षिण कोरिया, इरान, फान्स, स्पेन, जर्मनी, अमेरिका लगायतका देशहरुमा कोरोनाको संक्रमण दर निरन्तर रुपमा बढिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कागजमा मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको त कुरै नगरौँ : सांसद वाग्ले
कागजमा मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको त कुरै नगरौँ : सांसद वाग्ले
बुद्धजयन्ती,उभौली पर्व– राष्ट्रपति÷उपराष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना सन्देश !
बुद्धजयन्ती,उभौली पर्व– राष्ट्रपति÷उपराष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना सन्देश !
सरकारका दुई वर्ष : मुर्छित सपनाहरु यथार्थमा रुपान्तरित हुँदै
सरकारका दुई वर्ष : मुर्छित सपनाहरु यथार्थमा रुपान्तरित हुँदै
५ नं. प्रदेशमा राष्ट्रियसभा सदस्यको मतदान अन्तिम चरणमा (फोटोफिचर)
५ नं. प्रदेशमा राष्ट्रियसभा सदस्यको मतदान अन्तिम चरणमा (फोटोफिचर)
पहिलो पटक नेपालमा मोटरसाइकल मार्शलिङ तालीम भदौं २८ र २९ गते काठमाडौंमा हुने
पहिलो पटक नेपालमा मोटरसाइकल मार्शलिङ तालीम भदौं २८ र २९ गते काठमाडौंमा हुने
भागबण्डा मिल्यो,एमाले ४०, माओवादीलाई २६ को नेतृत्व (नाम सहित)
भागबण्डा मिल्यो,एमाले ४०, माओवादीलाई २६ को नेतृत्व (नाम सहित)
प्रधानमन्त्री ओलीद्वारा बाजपेयीको योगदानको स्मरण गर्दै समवेदना व्यक्त
प्रधानमन्त्री ओलीद्वारा बाजपेयीको योगदानको स्मरण गर्दै समवेदना व्यक्त
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
अग्नीपीडित परिवारलाई राहत वितरण
अग्नीपीडित परिवारलाई राहत वितरण
दोलखामा ढिलोगरी मतगणना सुरु, क्षेत्र नम्बर १ को मतगणना कांग्रेसद्वारा बहिष्कार
दोलखामा ढिलोगरी मतगणना सुरु, क्षेत्र नम्बर १ को मतगणना कांग्रेसद्वारा बहिष्कार