कागजमा मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको त कुरै नगरौँ : सांसद वाग्ले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०८०
|
|
५२ पटक हेरिएको
Shares
कागजमा मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको त कुरै नगरौँ : सांसद वाग्ले

सारांश

  • काठमाडौँ ।
  • एक्सनएड नेपालले नेपालमा वैदेशिक सहायताको प्रभावकारिता विषयमा एक अध्ययन प्रतिवेदन तयार पारेको छ ।
  • उक्त प्रतिवेदन वरिष्ठ अर्थविद् डा.

काठमाडौँ । एक्सनएड नेपालले नेपालमा वैदेशिक सहायताको प्रभावकारिता विषयमा एक अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदन वरिष्ठ अर्थविद् डा. डिल्ली राज खनालले तयार पारेका हुन् । शुक्रवार राजधानीमा आयोजित एक औपचारिक सम्हारोमा उक्त प्रतिवेदन पुस्तक विमोचन गरिएको हो ।

नेपालको कुल गृहस्थ उत्पादनमा हाल वैदेशिक सहायताको साढे ४ प्रतिशत मात्र हिस्सा रहेको तथ्याङ्क केलाउँदै अनुसन्धानकर्ता डिल्ली राज खनालले वैदेशिक सहायता र आर्थिक विकास बिच कुनै सम्बन्ध नरहेको निष्कर्ष पस्केका छन् । अर्को भनेको वैदेशिक सहायता र देशको नीति नियम बिच पनि कुनै सम्बन्ध नरहेको बताए । उनले भने, ”तिर निसानामा लागेको छैन । वैदेशिक सहायता आवश्यकता भन्दा टाढा रहेको छ । ” उनको प्रतिवेदनअनुसार वैदेशिक सहायता शिक्षा र स्वास्थ्यमा आवश्यक रहेको बेलामा सबै सहायता भने ऊर्जा क्षेत्रमा रहेको कारण पनि कुनै नतिजा नदेखिएको उनले बताए ।

दिगो विकासका लक्ष्य हासिल गर्न हाम्रो नित नियमका कारण वैदेशिक सहायता घट्दो क्रममा रहेको छ र वैदेशिक सहायतामा सरकारको हस्तक्षेप घट्दा प्रत्यक्ष एजेन्सी मार्फत खर्च गरिने परिपाटी बढ्दो रहेको उनले लेखेको प्रतिवेदन पुस्तकको सारांश रहेको छ ।

प्रतिवेदनको टिप्पणी गर्दै पुर्वअर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक सहायतालाई एक पक्षबाट मात्र मूल्याङ्कन गर्नु भन्दा सह सम्बन्धको हिसाबमा मूल्याङ्कन गर्दा प्रस्ट हुने भनाई राखे । नेपालको हरेक ठुलो परियोजनामा वैदेशिक सहायताको केही न केही हिस्सा रहेको बताउँदै कुनै वैदेशिक सहायता राम्रो र कुनै नराम्रो हुनु स्वभाभीक रहेको डा. खतिवडाले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेको बताए । उनले यस्तो देशमा वैदेशिक सहायता दिने देशहरूले वित्तीय पारदर्शितामा बाँध्नुपर्छ भन्ने विषयको पक्षधर रहेको बताए । उनले वैदेशिक सहायता निकायहरूले वित्त सर्त, वित्त अनुशासन र पारदर्शितामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्ने बताए ।

डा. वाग्ले भन्छन्, ”यहाँ हरेक नियुक्ति बेचबिखन हुन्छ । नीतिगत सेटिङको हिसाबले नियमावली चैतमा १२ औँ संशोधन गर्नुहुन्छ । कागज मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको कुरै नगरौँ । सबैतिर भ्रष्टाचार, पार्टीहरूको आर्थिक बाटो कमसल पूर्वाधारबाट हुन्छ । ठेकेदार, नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा (नियमनकारी निकाय नै कब्जा गर्ने), संवैधानिक निकाय कब्जा गरेर नीतिगत रूपमा नै चरम भ्रष्टाचारको युगमा गएका छौँ । यसको अन्त्य हामी गर्छौँ । पूर्वाधारमा पनि यस्तो भइरहेको छ । तीन वटैमा बाहिरबाट पैसा दिनेहरूले पारदर्शी गर नभन्ने हो भने कति छाडा होला ? निरपेक्ष रूपमा अरू केही जान्दैनन् हामी नै हौँ जानकार ७० को दशकमा आए होलान् । तर अहिले हामी संवाद गर्नसक्छौं । तिम्रो कुरा मान्य छैन भनेर निकाल्न सक्ने हैसियत छ । तर जहाँ जहाँ चाहिन्छ त्यहाँ वित्त सर्त आवश्यक छ ।”

देशको विकासमा सानो हिस्सा ओगटेको वैदेशिक सहायतामा भन्दा देश विकासमा कर र प्रत्यक्ष वैदेशिक लगानीको प्रभावकारीबारे चर्चा गर्नु पर्ने आजको मुख्य आवश्यकता रहेको उनको भनाई थियो । ”देश वैदेशिक सहायतामा होइन, विदेशबाट पठाएको विप्रेषण आप्रवाहबाट जोग्गिरहेको छ, ” डा. वाग्लेले बताए ।

कार्यक्रममा टिप्पणी प्रस्तुत गर्दै, पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले देशमा भुईँ फुट्टा वर्ग हाबिहुँदा कुनै पनि योजना सफल हुनु नपर्ने परिपाटि विकास भइरहेको बताए । एयरपोर्ट बनाउन माहिर तर चलाउन सधैँ असफल भएको कथा सुनाउँदै शिक्षा र स्वास्थ्यमा वैदेशिक सहायताको हस्तक्षेप नहुँदासम्म यसको प्रभावकारिता महसुस नहुने धारण व्यक्त गरे ।

त्यस्तै कार्यक्रमको मुख्य अतिथि सभामुख देवराज घिमिरेले, वैदेशिक सहयोगहरूको सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आम जनताको पहुँचमा सहायताको बारेमा जानकारी पुग्नुपर्ने बताए । उनले देशको विकास गर्न विभिन्न वैदेशिक सङ्घ संस्था, राष्ट्र र कार्यक्रमहरूमार्फत आइरहेका सहयोगहरूलाई सरकारमार्फत संसद्मा पेस गर्ने र सांसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने बताए । घिमिरेले वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा सांसदले प्रभावकारी निगरानी बढाउनुपर्ने बताए ।

तर, कार्यक्रममा नारिवादी अर्थशास्त्री भारती सिलवालले वैदेशिक सहायतालाई कुल आर्थिक मुल्याङ्कनमा मात्र सिमित गर्नु भन्दा लैगिङ्क, पिछडिएको वर्ग, समानता, महिला शिक्षा लगायतको क्षेत्रमा परेको प्रभावको बारेमा छलफल हुनु पर्ने बताईन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोहर गर्नेलाई ठाउँका ठाउँ डण्डा चलाउने योजनामा मन्त्री लालबाबु पण्डित
फोहर गर्नेलाई ठाउँका ठाउँ डण्डा चलाउने योजनामा मन्त्री लालबाबु पण्डित
शहीद गोविन्द गौतमका परिवारलाई एमालेले ५ लाख दिने
शहीद गोविन्द गौतमका परिवारलाई एमालेले ५ लाख दिने
“अर्घाखाँचीमा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले सुरू गर्यो चालकको स्वास्थ्य परिक्षण”
“अर्घाखाँचीमा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले सुरू गर्यो चालकको स्वास्थ्य परिक्षण”
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच वन टु वन वार्ता
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच वन टु वन वार्ता
डुङ्गा दुर्घटना, नौ जना बेपत्ता
डुङ्गा दुर्घटना, नौ जना बेपत्ता
तीनै पार्टीमा अध्यक्षका अगाडि कोही बोल्न सक्दैनन्, तीनजनाको मनोमानी
तीनै पार्टीमा अध्यक्षका अगाडि कोही बोल्न सक्दैनन्, तीनजनाको मनोमानी
कानुन बनाउँदा सत्तापक्ष र प्रतिपक्षी नबनौं : अध्यक्ष तिमिल्सिना
कानुन बनाउँदा सत्तापक्ष र प्रतिपक्षी नबनौं : अध्यक्ष तिमिल्सिना
युरोकपमा २० देश छानिए, बाँकी ४ स्थानका लागि १५ देश दौडमा
युरोकपमा २० देश छानिए, बाँकी ४ स्थानका लागि १५ देश दौडमा
९ महिनामा कति अर्बको सुन आयात भयो ?
९ महिनामा कति अर्बको सुन आयात भयो ?
नेपाल-भारत सिमामा आउत जावत गर्न  परिचयपत्र देखाउनु पर्ने
नेपाल-भारत सिमामा आउत जावत गर्न परिचयपत्र देखाउनु पर्ने