भदौ ३० देखि अवैध मोबाइल आयात रोक्ने ‘एमडीएमएस’ लागू हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७९
|
|
३७ पटक हेरिएको
Shares
भदौ ३० देखि अवैध मोबाइल आयात रोक्ने ‘एमडीएमएस’ लागू हुने

सारांश

  • काठमाडौं ।
  • नेपाल दूरसञ्चार प्राधिकरणले भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ ।
  • यो सिष्टम लागु भएपछि नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनाधिकृत आयात नियन्त्रण हुने प्राधिकरणले जनाएको छ ।

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ । यो सिष्टम लागु भएपछि नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनाधिकृत आयात नियन्त्रण हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसियसन (एमपीआइए) ले गत बिहीबार काठमाण्डौंमा सम्पन्न ‘मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम’को संयुक्त कार्यशाला गोष्ठीमा उक्त निर्णय गरेका थिए । एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो ।

यो दुईतीन महिनाको समयमा पुराना फोनलाई दर्ता गर्ने समयावधि प्रदान गर्ने र भदौ ३० पछि नेपालमा अनधिकृत आयातित मोबाईल नचल्ने भएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?