इण्डोनेशियामा गृहमन्त्री थापाले भने, मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
४५ पटक हेरिएको
Shares
इण्डोनेशियामा गृहमन्त्री थापाले भने, मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ

सारांश

  • काठमाडौँ, २२ साउन ।
  • गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मानवतस्करी, बेचविखन र यस सम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताएका छन् ।
  • इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीर रुपमा लिएको बताए ।

काठमाडौँ, २२ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मानवतस्करी, बेचविखन र यस सम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताएका छन् । इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीर रुपमा लिएको बताए ।

गृहमन्त्री थापाले दिगो मानव विकास, कानुनी शासन र नागरिक सुरक्षाका लागि मानतस्करी र बेचविखन बाधकको रुपमा देखा परिरहेको टिप्पणी गरे । गृहमन्त्री थापाले मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराध सम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानुन कार्यान्वयन गर्ने निकायहरुबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

गृहमन्त्रीले बिभिन्न देशमा रहेका आप्रवासी कामदारको हितका लागि समेत यो सम्मेलनले दिशानिर्देश गर्ने आशा व्यक्त गरे । आज सम्पन्न हुने सातौ मन्त्रीस्तरीय सम्मेलनमा बिभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी छन् । सन २००२ मा बाली प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो ।

नेपालसहित चीन, भारत, अस्ट्रेलिया लगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सीहरु आईओएम, युएनएचसिआर र युएनओडिसी सम्मेलनको सदस्यको रुपमा रहेका छन् । गृहमन्त्रालयको ४ सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा गत आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । गृहमन्त्री थापा साउन २३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईपीएलमा चेन्नईको पहिलो हार
आईपीएलमा चेन्नईको पहिलो हार
प्रत्यक्षतर्फ १५४ सिटको टुंगाे लाग्दा यी ११ स्थानमा बाँकी
प्रत्यक्षतर्फ १५४ सिटको टुंगाे लाग्दा यी ११ स्थानमा बाँकी
नेपाली स्याटलाइटले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने
नेपाली स्याटलाइटले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने
सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने
सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने
पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुः शिक्षामन्त्री पोखरेल
पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुः शिक्षामन्त्री पोखरेल
अमेरिकामा बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु
अमेरिकामा बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु
प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न  कम्युनिस्ट घटकको माग
प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न कम्युनिस्ट घटकको माग
नगर प्रहरीको कामबाट सबै खुसी छन् : नगर प्रमुख चिरीबाबु
नगर प्रहरीको कामबाट सबै खुसी छन् : नगर प्रमुख चिरीबाबु
अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज, समस्या समाधान गर्ने प्रारूपसहितको कार्ययोजना तयार
अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज, समस्या समाधान गर्ने प्रारूपसहितको कार्ययोजना तयार
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन