राष्ट्रियसभा निर्वाचन : मतदान जारी, ८० प्रतिशत मत खस्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ९, २०७६
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रियसभा निर्वाचन : मतदान जारी, ८० प्रतिशत मत खस्यो

सारांश

  • काठमाडाैं।
  • राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ।
  • दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको  सम्बन्धित मतदान अधिकृतले जानकारी दिए।

काठमाडाैं। राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ। दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको  सम्बन्धित मतदान अधिकृतले जानकारी दिए।

मतदान केन्द्रमा पुगेर मतदाता बिहान बजेदेखि नै लाइनमा बस्नुभएको देखिन्थ्यो । मतदानका लागि  बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ ।

सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ। निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख÷उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता छन्। निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ ।  मतदान सकिनासाथ राजनीतिक दलको सहमतिमा मतगणना कार्य प्रारम्भ हुने छ । आजै राति सातै प्रदेशबाट निर्वाचनको नतिजा प्राप्त हुनेछ ।

यसैबीच, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तद्वय नरेन्द्र दाहाल र इश्वरीप्रसाद पौड्यालले वाग्मती प्रदेशको ललितपुर नगरपालिका–४ स्थित वडासमितिको भवन परिसरमा कायम गरिएको मतदान केन्द्रमा भइरहेको मतदानको निरीक्षण गर्नुभयो । उक्त मतदान केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ २३८ मतदाता कायम  छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैज्ञानिकले हात पारे ठूलाे सफलता, मानव जातिको अर्को प्रजाति फेला
वैज्ञानिकले हात पारे ठूलाे सफलता, मानव जातिको अर्को प्रजाति फेला
बंगलादेशका राष्ट्रपतिलाई अपदस्थ गर्न दबाब
बंगलादेशका राष्ट्रपतिलाई अपदस्थ गर्न दबाब
वडा सदस्य पराजित लोवार राष्ट्रिय सभामा निर्वाचित
वडा सदस्य पराजित लोवार राष्ट्रिय सभामा निर्वाचित
खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउछ : स्वास्थ्य मन्त्री बस्नेत
खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउछ : स्वास्थ्य मन्त्री बस्नेत
गोर्खाल्यान्ड आन्दोलनलाई वैद्य माओवादीको बलियो साथ: टाइम्स अफ इन्डिया
गोर्खाल्यान्ड आन्दोलनलाई वैद्य माओवादीको बलियो साथ: टाइम्स अफ इन्डिया
प्रचण्ड र ओली बिच यस्तो सहमति भएको खुलासा ! ओली प्रचण्ड दुवै दङ्ग
प्रचण्ड र ओली बिच यस्तो सहमति भएको खुलासा ! ओली प्रचण्ड दुवै दङ्ग
लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवकको मृत्यु
लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवकको मृत्यु
आफु खुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
आफु खुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
रेस–३ फिल्मको निर्देशन रेमो डिसुजाले होईन सलमानले गरेका हुन !
रेस–३ फिल्मको निर्देशन रेमो डिसुजाले होईन सलमानले गरेका हुन !
मृगौलापीडित महिलालाई प्रवासीको आर्थिक सहयोग
मृगौलापीडित महिलालाई प्रवासीको आर्थिक सहयोग

तपाईंले छुटाउनुभयो कि?