इत्तिहादमाथि अल नासरको फराकिलो जित, रोनाल्डो र मानेको २-२ गोल

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०८०
|
|
२० पटक हेरिएको
Shares
इत्तिहादमाथि अल नासरको फराकिलो जित, रोनाल्डो र मानेको २-२ गोल

सारांश

  • काठमाडौं।
  • साउदी प्रो लिग अन्तर्गत अल नासरले अल इत्तिहादलाई फराकिलो अन्तरले पराजित गरेको छ।
  • गएराति सम्पन्न खेलमा अल नासरले अल इतिहादलाई ५-२ गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। साउदी प्रो लिग अन्तर्गत अल नासरले अल इत्तिहादलाई फराकिलो अन्तरले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल इतिहादलाई ५-२ गोल अन्तरले पराजित गरेको हो।

क्रिस्टियानो रोनाल्डो भर्सेस करिम बेन्जमाको रूपमा हेरिएको यस खेलमा रोनाल्डोले दुई गोल गरेका थिए। त्यस्तै अल नासरका लागि साडियो मानेले पनि २ गोल गरे भने टालिस्काले एक गोल गरेका थिए। यस खेलमा २ गोल गरेसँगै क्रिस्टियानो रोनाल्डोले २०२३ मा आफ्नो गोल संख्या ५३ पुर्याएका छन्। साथै २०२३ मा रोनाल्डो सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा शिर्ष स्थानमा रहेका छन्।

त्यस्तै अल इत्तिहादका लागि दुवै गोल अबडेराजक हम्दल्लाहले गरेका थिए।

यस खेलमा खेलको ६६औं मिनेटमा अल इत्तिहादका फाबिन्होले दोहोरो पहेलो कार्ड पाएर मैदान छोडेपछि इत्तिहाद १० खेलाडीमा सिमित भएको थियो।

यो अल नासरको यस सिजनमा १४औं जित हो। यो जितपछि अल नासरको १८ खेलमा ४३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा कायम रहेको छ।

त्यसैगरी अल इत्तिहादको भने यस सिजनमा यो छैटौं हार हो। यो हारपछि इत्तिहादको १८ खेलमा २८ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?