भीटेनभन्दा सयौं गुणा खतरा भीटीएम, उनलाई पक्रन के गरिरहेको छ प्रहरी ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १७, २०७६
|
|
५९ पटक हेरिएको
Shares
भीटेनभन्दा सयौं गुणा खतरा भीटीएम, उनलाई पक्रन के गरिरहेको छ प्रहरी ?

सारांश

  • काठमाडौं।
  • केही दिनअघि प्रहरीले र्यापर भीटेन तथा गायक र मोडल दुर्गेश थापालाई अभद्र शब्दमा गीत गाएको भन्दै पक्राउ गर्यो ।
  • उनीहरुलाई फेरि यस्तो नगर्ने शर्तमा छाडियो ।

काठमाडौं। केही दिनअघि प्रहरीले र्यापर भीटेन तथा गायक र मोडल दुर्गेश थापालाई अभद्र शब्दमा गीत गाएको भन्दै पक्राउ गर्यो । उनीहरुलाई फेरि यस्तो नगर्ने शर्तमा छाडियो । तर, उनीहरुलाई पक्राउ गरी सार्वजनिक रुपमा माफी माग्न लगाइरहँदा प्रहरीलाई उनीहरुभन्दा सयौं गुणा अभद्रमात्र होइन अश्लील नै शब्द प्रयोग गरी र्याप गाउने अर्का नेपाली र्यापरबारे पत्तै थिएन ।

ती र्यापर हुन् भीटीएम । भीटेनलाई पक्राउ गरेको खबर सार्वजनिक भएसँगै भीटीएमबारे थाहा भएकाहरुले उनलाई किन पक्राउ नगरेको रु भन्दै प्रहरीलाई भनेपछि अहिले बल्ल प्रहरीले भीटीएमबारे जानकारी पाएको छ । गुनासो आएपछि प्रहरीले युट्युबमा भीटीएमका भिडियो खोजेर हेरेको थियो । त्यसपछि मात्र उनीबारे थाहा भएपछि प्रहरीले अहिले उनलाई खोजिरहेको छ । भीटीएमका गीतमा अरुका अगाडि सुन्नै नसकिने खालका छाडा शब्द छन् ।

प्रहरीलाई अहिलेसम्म भीटीएम वास्तवमा को हुन र कहाँबाट संचालित छन् भन्ने जानकारी छैन । भीटेनले एक खालको प्रसिद्धि कमाएको लोभमा भीटीएमले पनि यस्तो हर्कत गरेको अनुमान प्रहरीले लगाएको छ । भीटेन पक्राउको विषयमा सबैले विरोध गरेपनि एउटा संस्कारको विकास गर्न मात्र पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ । उनलाई पक्राउ गरेपछि अरुले पनि यस्तै नगरोस भन्ने सन्देस दिन चाहेको बताएको र वाक स्वतन्त्रता भन्दैमा जे पायो त्यही गाउन पाइन्न, समाजमा छाडा प्रवृत्तिलाई प्रश्रय दिनुहुँदैन भन्न चाहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन घाइते
कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन घाइते
चलचित्र राेज मा प्रताप दासकाे अभिनय !
चलचित्र राेज मा प्रताप दासकाे अभिनय !
गणेश बहादुर ‒प्राणमाया चित्रकार स्मृति कपमा केसिटीसी बिजयी
गणेश बहादुर ‒प्राणमाया चित्रकार स्मृति कपमा केसिटीसी बिजयी
अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने
अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने
सामाजिक कार्यमा अगाडि बढदै फैजाने अहले बैत संस्था
सामाजिक कार्यमा अगाडि बढदै फैजाने अहले बैत संस्था
ग्रानाडाले गुमायो शीर्ष स्थानमा उक्लिने मौका, गेटाफे विजयी
ग्रानाडाले गुमायो शीर्ष स्थानमा उक्लिने मौका, गेटाफे विजयी
विस्तारै सम्हालिदै छौ‌: प्रचण्ड
विस्तारै सम्हालिदै छौ‌: प्रचण्ड
बौद्ध धर्मको उद्गमस्थल नेपाल भएकोमा कुनै विवाद छैन : परराष्ट्र मन्त्रालय
बौद्ध धर्मको उद्गमस्थल नेपाल भएकोमा कुनै विवाद छैन : परराष्ट्र मन्त्रालय
कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै
कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै
विहे अघि नै छोरी जन्माएकी न्यूजिल्याण्डकी प्रधानमन्त्री विहे गर्दै
विहे अघि नै छोरी जन्माएकी न्यूजिल्याण्डकी प्रधानमन्त्री विहे गर्दै