इन्टरनेटबाट महिलामाथि यसरी हुन्छन् हिंसा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
२२ पटक हेरिएको
Shares
इन्टरनेटबाट महिलामाथि यसरी हुन्छन् हिंसा

सारांश

  • काठमाडौं ।
  • इन्टरनेट प्रयोगसँगै साइबर अपराधका घटना बढ्दै गएका छन्।
  • साइवर अपराधमा पनि पुरुषको तुलनामा महिला नै जोखिममा रहेको प्रहरीले जनाएको छ।

काठमाडौं । इन्टरनेट प्रयोगसँगै साइबर अपराधका घटना बढ्दै गएका छन्। साइवर अपराधमा पनि पुरुषको तुलनामा महिला नै जोखिममा रहेको प्रहरीले जनाएको छ। अपराध अनुसन्धान महाशाखाले टेकुका अनुसार सूचना प्रविधिको व्यापक दुरुपयोग भएसँगै बढेको साइवर अपराधले निकै भयावह अवस्था सिर्जना गरेको छ। दैनिक जसो ५० भन्दाबढी साइवर अपराधका उजुरी अपराध अनुसन्धान महाशाखामा आउने गरेको प्रहरीले जनाएको छ।

पछिल्लो समयमा बढ्दो सामाजिक सञ्जालको प्रयोगसँगै महिला नै सामाजिक सञ्जालको दुरुपयोगको शिकार बन्न पुगेका उजुरी आउने गरेको प्रहरीको भनाइको छ।

इन्टरनेटको माध्यमबाट गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, क्रेडिट कार्ड तथा एकाउन्ट चोरी गरिने बैकिंङ कसुर अर्काको कम्प्युटर तथा नेटवर्किङमा पुर्याइने क्षति लगायतका घटना बढ्दै गएको प्रहरीले जनाएका छन्।

नेपालमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइवर, इमोलगायत विभिन्न सामाजिक सञ्जालको प्रयोग बढेसँगै इन्टरनेट जन्य अपराधमा युवाहरुको संलग्नता बढेको र यौनजन्य कसुरबाट महिला बढी मात्रामा पीडित हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ।

महिलाका तस्वीर विभिन्न अश्लिल तस्वीर वा शब्दसँग जोडेर फेसबुकका साइटमा राखिदिने, अश्लिल भिडियो खिचेर यूट्वूमा अपलोड गरिदिने, अश्लिल सामग्री इन्टरनेटमा सार्वजनिक गर्ने धम्की दिएर दुख दिने जस्ता यौनजन्य अपराधमा संलगनता बढ्दै गएको प्रहरीले जनाएको छ।

फेक आइडी पनि पुरुषहरुले महिलाका नाममा खोलेर चलाउने र दुख दिने गरेको पाइएको छ। प्रहरीले अपराधमा संलग्न अपराधीलाई विद्युतीय कारोबार ऐन अनुसार कारवाही गर्दै आएको जनाएको छ।
नेपालमा सामाजिक सञ्जाल फेसबुकको प्रयोग बढेसँगै महिला जोखिमसमेत निकै चुलिएको छ ।

धेरैजसो १३ वर्षभन्दा माथि र २० वर्षभन्दा मुनिका युवतीहरु फेसबुकको जोखिममा रहेको एक तथ्यांकले देखाएको छ। फेसबुक सानै उमेरदेखि प्रयोग गर्ने र फेसबुककै माध्यमबाट उनीहरु यौन हिंसामा समेत पर्ने गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुर क्षेत्र नं २ मा कांग्रेस अग्रता : मतगणना जारी
भक्तपुर क्षेत्र नं २ मा कांग्रेस अग्रता : मतगणना जारी
नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि
नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा हालसम्मको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा हालसम्मको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
Ranveer Singh hints patch-up with her X girlfriend Husband Virat Kohli
Ranveer Singh hints patch-up with her X girlfriend Husband Virat Kohli
दृश्यावलोकन स्तम्भ निर्माणका लागि समय थप
दृश्यावलोकन स्तम्भ निर्माणका लागि समय थप
सांसदले कार्यकर्तालाई साइकल बाँड्नेदेखि योग शिविरसम्मका काममा बजेट खर्च
सांसदले कार्यकर्तालाई साइकल बाँड्नेदेखि योग शिविरसम्मका काममा बजेट खर्च
प्रदेशसँग तपाइँको सम्बन्ध छैन
७ वर्षपछि एआईजीबाट आईजिपी बन्दै, को बन्ला नयाँ प्रहरी प्रमुख
७ वर्षपछि एआईजीबाट आईजिपी बन्दै, को बन्ला नयाँ प्रहरी प्रमुख

तपाईंले छुटाउनुभयो कि?