‘लोकतन्त्र रोज्ने की अधिनायकवाद’-प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
१३
|
२० पटक हेरिएको
Shares
‘लोकतन्त्र रोज्ने की अधिनायकवाद’-प्रधानमन्त्री देउवा

सारांश

  • भीमदत्तनगर, १६ मंसिर, प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास काँग्रेसले मात्रै गर्न सक्ने बताउनुभएको छ ।
  • कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ स्थित बेलौरीमा आज आयोजित चुनावीसभामा उहाँले कम्युनिष्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्छ भन्दै लोकतन्त्र रोज्ने की अधिनायकवाद भनेर मतदातासँग प्रश्न गर्नुभयो ।
  • प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा मतदान गर्नुअघि लोकतन्त्र रोज्ने की अधिनायकवाद रोज्ने निक्यौल गर्न मतदातासँग आग्रह गर्दै पश्चिम सेती र पञ्चेश्वर परियोजनाको निर्माण कार्य चाँडै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

भीमदत्तनगर, १६ मंसिर, प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास काँग्रेसले मात्रै गर्न सक्ने बताउनुभएको छ ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ स्थित बेलौरीमा आज आयोजित चुनावीसभामा उहाँले कम्युनिष्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्छ भन्दै लोकतन्त्र रोज्ने की अधिनायकवाद भनेर मतदातासँग प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा मतदान गर्नुअघि लोकतन्त्र रोज्ने की अधिनायकवाद रोज्ने निक्यौल गर्न मतदातासँग आग्रह गर्दै पश्चिम सेती र पञ्चेश्वर परियोजनाको निर्माण कार्य चाँडै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

“काँग्रेसकै नेतृत्वमा राणा शासनको अन्त्यदेखि संविधान निर्माणसम्मका एतिहासिक काम भएका छन्,” उहाँले भन्नुभयो– “संविधान कार्यान्वयनका लागि पनि आसन्न निर्वाचनमा काँग्रेसले जित्नु आवश्यक छ ।”

प्रधानमन्त्री देउवाले “यसअघिको चुनावमा कञ्चनपुरका चारवटै निर्वाचन क्षेत्रमा काँग्रेस जितेकाले यहाँ विकासको खोलो बगेको छ,” भन्दै “यहाँका जनजाति, अल्पसंख्यक र पछाडि पारिएका वर्गलाई पनि मूलधारमा ल्याउन जरुरी छ,” बताउनुभयो ।

प्रतिक्रिया

13 कमेन्ट

    Comment Author

    Kishor Bist

    Loktantra

    Comment Author

    Ramesh K. Gautam

    सबै लोकतान्त्रिक भन्छन त।

    Comment Author

    Krishna Pandey

    भ्र​स्ट​ को झुन्ड​ काङ्रेस्! प​ट​क प​ट​क ब​हुम​त​ लिय​र​ प​नि ज​न​ताको नाम मा सिन्को न​भाचि युबाको भ​बिस्य​ अन्ध​कार पार्ने काङ्रेस​लाइ निर्मुल पारौ। अरु ज​स्ले जितुस भ​रातिय​ गुलाम भ्र​स्ट​ काङ्रेस को प​त्त​साफ होस्

    Comment Author

    Milan Thapa

    Ho loktantrik ganatantra rojne,baam gathabandhan lai jitaaune.

    Comment Author

    Tika Manandhar

    पहिला चुनाब जितौं, अनि जनमत मा जाउँ, कसो !

    Comment Author

    Raju Sharma

    Tan jetera aaies bhane ta bharat ma bhanda mazne banaunxa sale kutta.

    Comment Author

    Nabaraj Adarsha Satyal

    आदर्णीय बुबा आमा , दाजु भाई दिदी बहिनी , साथी तथा आफन्तज्यु हरुमा म बिनम्र अनुरोध गर्दछु |
    नजिकै आएको अाम चुनावमा एउटा गठबन्दन जस्ले बहुमत लेराउन सक्छ उस्लाई रोजौ र 5 बर्ष स्थाई सरकार बनाउने मौका दिउ , जस्ले गर्दा सत्ताको फोहरी खेलको अन्त्ये हुनेछ र देशले स्वोत्त बिकासको गती लिनेछ |
    कुनै दलले बहुमत नलेराएमा देश फेरी सत्ताको फोहरी खेल्मा फस्नेछ र पुन हामी 5 बर्ष पछाडि पर्नेछौ ,
    त्येसैले बाम गठबन्धनलाई भोट् हालेर देशलाई बहुमतको स्थिर सरकार दिउ |

    Comment Author

    Gb Chettri

    खै देउवा बाजे लाटासिदा निमुखा जन्ताले केरोज्ने के तिमिहरुकै कारण काङ्रेस लथा लिङ्ग भयो तिमी हरुले दुई तिहाइ पाएर्नी तातो पानी लाएनौ किनकी तिमिहरुत नक्कली लोक तन्त्र को खोल ओडेका रहेछौ सक्कली लोक्ततन्त्र वादी भै दिएको भए ऐले आएर यो बाम गठ्बन्दन हुदा तिमिहरुको होस उड्ने थिएन योसबै कास्मा भन्नू पर्दा देउबाकै कमि कम्जोडिले गर्दा काङ्रेस मा नौ रेक्टर्को भुकम्प आउने छ र साथै जापानीज सुनामी आएर काङ्रेस्का रहल पहल बगाएर जापान पुर्याउने छ यो भविश्य वाणी हो कास्ङ्रेसी हरुलाइ होसियार।

    Comment Author

    Pirthibi Gurung

    LATA GADA MUKH NAUNE AYAPANI PRASTA NABUJHNE BHAK BHAKE DEUWA BAHEK ARU ROSNE

    Comment Author

    Gb Chettri

    काङ्रेस बेगर मियो को दाइ जस्तै भयो।

    Comment Author

    Manoj Lamichhane

    गॉस, बास, कपास रोज्ने

    Comment Author

    Bhojendra KC

    अबश्य पनि लोकतन्त्र नै रोज्ने तर बेईमानले भजाउने लोकतन्त्र होईन, ईमानले सजाउँने लोकतन्त्र। लोकतन्त्रमा धेरै दल हुन्छन। याद रहोस नेकाले आफुलाई मात्र लोकतन्त्रको पर्यायवाची सोचेको छ भने त्यो लोकतन्त्रको नाममा असली अधिनायकवादी हो।

    Comment Author

    Bikash Khatri

    Ehh deuba g kun mukhle boldaixau alikati laj saram xaki nai shusila karkilai mahaaviyog lagaune naike timi nai haina nabaraj silwal lai police prasasan bata niklina badhya banaune timi nai haina timile pani ajai yesta kura garna laj lagdaina

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 13
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?