इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या

सारांश

  • काठमाडौं, १९ मंसिर ।
  • इन्डोनेसियामा गोली हानी २४ मजदुरको हत्या गरिएको छ ।
  • इन्डोनेसियाको पूर्व प्रान्त पपुवामा बन्दुकधारी गोली हानेर निर्माण क्षेत्रमा संलग्न २४ जना मजदुरको हत्या भएको हो ।

काठमाडौं, १९ मंसिर । इन्डोनेसियामा गोली हानी २४ मजदुरको हत्या गरिएको छ । इन्डोनेसियाको पूर्व प्रान्त पपुवामा बन्दुकधारी गोली हानेर निर्माण क्षेत्रमा संलग्न २४ जना मजदुरको हत्या भएको हो । नदुगा क्षेत्रमा सडक र पुल निर्माणमा संलग्न मजदुरको गोली हानी हत्या भएको हो ।

मजदुरको हत्या भएको विषयमा छानबिन गर्न गएको सुरक्षाकर्मीको टोलीमा संलग्न एक जनाको समेत हत्या भएको अधिकारीहरुले जनाएका छन् । प्रहरीले घटनामा पृथकतावादीको संलग्नता रहेको आरोप लगाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?