निर्वाचनको समीक्षा गर्न ७ वटै प्रदेशमा समाजवादीका प्रतिनिधि

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २२, २०७९
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समीक्षा गर्न ७ वटै प्रदेशबाट सूचना सङ्कलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ ।
  • शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्थानीय तह चुनावको समीक्षाका लागिबसेको सचिवालय बैठकले ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाउने निर्णय गरेको हो ।

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समीक्षा गर्न ७ वटै प्रदेशबाट सूचना सङ्कलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्थानीय तह चुनावको समीक्षाका लागिबसेको सचिवालय बैठकले ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाउने निर्णय गरेको हो ।

बैठकले तल्ला कमिटीबाट अझै सम्पूर्ण सूचना नआएकाले चुनावी समीक्षो हुन नसकेको भन्दै ५ दिनभित्र सूचना संकलन गरी बैठकमा पेश गर्ने गरी ७ वटै प्रदेशमा एक एक जना सचिवालय सदस्यलाई खटाइएको पार्टीका उपमहासचिव गंगालाल तुताधरले बताए ।

बैठकपछि पत्रकारहरुलाई संक्षिप्त जानकारी गराउँदै तुलाधरले प्रदेश–१ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा विजय पौडेल, कणौलीमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई सूचना संकलन गर्नका लागि जिम्मेवारी तोकिएको छ ।

शनिबारको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, गठबन्धनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको समीक्षा, आगामी कार्ययोजनाकोमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?