केपी-बामदेवको पारिवारिक मिलन सहितको डिनर

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १४, २०७७
|
|
३४ पटक हेरिएको
Shares
केपी-बामदेवको पारिवारिक मिलन सहितको डिनर

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हिजो साँझ उपाध्यक्ष बामदेव गौतमको निवासमा पुगे ।
  • श्रीमती राधिका शाक्यसहित ओली गौतम परिवारसँग भलाकुसारी गर्दै डिनरमा समेत सहभागी भए ।
  • बामदेवको सबै परिवारका सदस्यलाई ओलीले भैंसेपाटीमा भेटे ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हिजो साँझ उपाध्यक्ष बामदेव गौतमको निवासमा पुगे । श्रीमती राधिका शाक्यसहित ओली गौतम परिवारसँग भलाकुसारी गर्दै डिनरमा समेत सहभागी भए ।

बामदेवको सबै परिवारका सदस्यलाई ओलीले भैंसेपाटीमा भेटे । बामदेवकी श्रीमती तुलसा थापा, छोरा हरिस, छोरी विजिता गोतम, बुहारी तारा कुँवर, नातिनी आलिसा गौतम पनि भेटमा सहभागी थिए । दुवै परिवारले हाँसीमज्जा गरे ।

हिजो बामदेवले पार्टी फुटबाट रोक्नेभन्दै छ बुँदे प्रस्ताव अध्यक्ष ओली र प्रचण्डलाई बुझाएपछि नयाँ माहोल सृजना भएको हो । गौतमको प्रस्तावमा ओलीले सहमति जनाएको बुझिएको छ । यसको सन्देश दिन पनि उनी भैंसेपाटी आफै पुगेका थिए ।

गौतमले छ बुँदे प्रस्तावमा ओलीलाई पाँच वर्ष पूर्ण कार्यकाल प्रधानमन्त्री चलाउन दिने, पार्टीमा अर्ली महाधिवेशन गर्ने गरी ओलीलाई अध्यक्षमै राखेर पार्टीको कार्यकारीसहित सम्पूर्ण जिम्मेवारी प्रचण्डले निभाउने गरी प्रस्ताव गरेका थिए । यसमा ओली सहमत भएपनि प्रचण्डबाट भने सकारात्मक जवाफ आइसकेको छैन ।

(https://bolivarescapes.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?