२ वर्षपछि प्रधानमन्त्री ओली चीन प्रस्थान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०७५
|
|
६९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ५ असार- प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेका छन्।
  • प्रधानमन्त्री ओली २ वर्षपछि चीन भ्रमणमा गएका हुन् ।
  • यसअघि २०७२ सालको चैतमा चीन भ्रमण गरेका थिए ।

काठमाडौं ५ असार- प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली २ वर्षपछि चीन भ्रमणमा गएका हुन् । यसअघि २०७२ सालको चैतमा चीन भ्रमण गरेका थिए ।

प्रधानमन्त्रीले १ सय १९ जना जम्बो टोलीको नेतृत्व गर्दै ६ दिने भ्रमणका लागि मंगलबार बिहान ९ बजे चीन प्रस्थान गरेका छन् । भ्रमणका क्रममा रेलमार्ग, विभिन्न सडक करिडोर निर्माण, ऊर्जा, जलस्रोत, पुननिर्माणका विषयमा दुई देशबीच सहमति हुने बताइएको छ ।

प्रधानमन्त्री लगायतको टोलीलाई बेइजिङमा स्वागत गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने छन्। ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रमहरु पनि रहेका छन्।

(https://fiberclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?