युएईमा १२ महिला सहित २०० जना नेपाली जेल जीवन जिउन बाध्य” 

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
युएईमा १२ महिला सहित २०० जना नेपाली जेल जीवन जिउन बाध्य” 

सारांश

  • सचिन्द्र श्रेष्ठ पुष २३ युएईको राजधानी अबुधाबी स्थित नेपाली दूतावासले २०७५ सालको जेल भ्रमण पूरा गरि जेलजिवन बिताउन बाध्य भएका नेपालीहरुको तथ्यांक सार्बजनिक आइतबार गरेको छ ।
  • राजधानी अबुधाबि स्थित नेपाली दूतावासले हरेक ६/६ महिनाको अवधिमा गर्दै आएको जेल भ्रमण लाई यसपटक पनि निरंतरता दिएको हो ।
  •  नेपाली दूतावासले २०७४ असारमा युएईको सातवटा राज्यमा रहेका ८ वटा जेलहरुको भ्रमण गरेको थियो।
सचिन्द्र श्रेष्ठ
पुष २३ युएईको राजधानी अबुधाबी स्थित नेपाली दूतावासले २०७५ सालको जेल भ्रमण पूरा गरि जेलजिवन बिताउन बाध्य भएका नेपालीहरुको तथ्यांक सार्बजनिक आइतबार गरेको छ ।राजधानी अबुधाबि स्थित नेपाली दूतावासले हरेक ६/६ महिनाको अवधिमा गर्दै आएको जेल भ्रमण लाई यसपटक पनि निरंतरता दिएको हो ।
 नेपाली दूतावासले २०७४ असारमा युएईको सातवटा राज्यमा रहेका ८ वटा जेलहरुको भ्रमण गरेको थियो। त्यतिबेला जम्मा १०९ जनाले कैद भुक्तान गरिरहेको पाईएको थियो। ती मध्ये अधिकांश मदिरा सेवन गरि झैझगडामा संलग्न भएर जेल परेको देखिएको थियो। कार्यवाहक राजदुत सागरप्रसाद फुयाँलको नेतृत्वमा २०७५ बैशाखमा गरिएको जेल भ्रमणका बेला १२ जना महिला र १७३ जना पुरुष गरि जम्मा १८५ जना नेपालीले कैद भुक्तान गरिरहेको पाईएको थियो। त्यतिबेला पनि मदिरा सेवनगरि झैझगडामा संलग्न नेपालीहरुको संख्या अधिक रहेको पाईएको थियो।
साथै दूतावासले यसपटक गत डिसेम्बर महिनामा युएईका सातवटा राज्यमा रहेका ८ वटा जेलको भ्रमण पूरा गरि नेपालीहरुको अवस्था बुझेको छ जसमा १२ महिला र १ सय ८८ जना पुरुषले जेल जीवन बिताउदै आएको तथ्यांकले देखाएकोछ।
 जेल भ्रमणका क्रममा सारजाह जेलमा १० ,दुबईको अल अविर स्थित सेन्ट्रल जेलमा ६८ ,अल अथ्वा सेन्ट्रल जेलमा ९८ ,अजमान सेन्ट्रल जेलमा ४, रसअलखेमा सेन्ट्रल जेलमा ४, फुजेरा सेन्ट्रल जेलमा २ र अल एन सेन्ट्रल जेलमा १४ नेपाली रहेका छन् भने यसपटक उमअल क्विन सेन्ट्रल जेलमा नेपाली नरहेको दूतावासले जनाएको छ।
नेपाली दुतावासले जेलमा रहेका नेपालीहरुको अवस्था र मुद्दाको स्थिति अध्ययन गरि कुटनैतिक तवरबाट समस्या समाधानको पहल गर्न नियमित रूपमा जेल भ्रमण गर्दै आएको छ। २०७१ सालमा गरिएको जेल भ्रमणमा युएईको जेलमा जम्मा ५७ जना नेपाली कैदि रहेकोमा उक्त सङ्ख्या बढेर २०७५ सालमा आउदा २०० जना पुगेको छ ।जसमा सबैभन्दा धेरै नेपाली १ सय १६ जना मदिरा सेवन र झैझगडाको कारण जेल परेको दूतावास द्वारा जारी तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित नौ जना पक्राउ
नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित नौ जना पक्राउ
राष्ट्र बैंकद्वारा एक सय २१ अर्ब भारतीय रुपैयाँ खरिद
राष्ट्र बैंकद्वारा एक सय २१ अर्ब भारतीय रुपैयाँ खरिद
२६ जुनमा ऋतिक र कंगना बीच ‘भीडन्त’
२६ जुनमा ऋतिक र कंगना बीच ‘भीडन्त’
२४ घण्टा भित्र काठमाडौँका सबै एटिएमको पैसा झिक्ने योजनामा थिए चिनियाँ ह्याकर
२४ घण्टा भित्र काठमाडौँका सबै एटिएमको पैसा झिक्ने योजनामा थिए चिनियाँ ह्याकर
पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच करिब दुई घन्टा छलफल
पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच करिब दुई घन्टा छलफल
दुबई विमान दुर्घटना: तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिकको मृत्यु
दुबई विमान दुर्घटना: तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिकको मृत्यु
सगरमाथामा ट्राफिक जाम
मतदातामा रहेको आशंका मेट्न एमालेको आग्रह
मतदातामा रहेको आशंका मेट्न एमालेको आग्रह
ढाडै सेक्ने कर बृद्धिको विरोधमा सत्तारुढ दलकै कार्यकर्ता उत्रिए आन्दोलनमा
ढाडै सेक्ने कर बृद्धिको विरोधमा सत्तारुढ दलकै कार्यकर्ता उत्रिए आन्दोलनमा
अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर

तपाईंले छुटाउनुभयो कि?