पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
३४ पटक हेरिएको
Shares
पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला

सारांश

  • चितवन, १० चैत ।
  • नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ ।
  • नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।

चितवन, १० चैत । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ ।नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।”

नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउँछ भन्नुभयो ।गणतन्त्र र सङ्घीयता काङ्ग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उहाँले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताउनुभयो ।

नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताउनुभयो ।काङ्ग्रेसकी नेत्रीद्वय सीता गुरुङ र डा डिला सङ्ग्रौलाले काङ्ग्रेस हारे पनि सिद्धान्त र आदर्शको विजय भएको बताउनुभयो ।

काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता देवराज चालिसे, जिल्ला उपसभापति कैलाश कोइराला लगायतले पार्टीको संस्थागत विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता विधेयकमा जबरजस्ती राम्रो हुँदैन-प्रदीप ज्ञवाली
नागरिकता विधेयकमा जबरजस्ती राम्रो हुँदैन-प्रदीप ज्ञवाली
पुर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा कोरोनाबाट संक्रमित
पुर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा कोरोनाबाट संक्रमित
बधाइ दिन गएका अटोमोटिभ व्यवसायीलाई प्रधानमन्त्रीले भने-‘समस्याहरु हटाउन सकारात्मक छु’
बधाइ दिन गएका अटोमोटिभ व्यवसायीलाई प्रधानमन्त्रीले भने-‘समस्याहरु हटाउन सकारात्मक छु’
अन्तत : बाबुरामको पार्टी बिघटन नै हुने भो !
अन्तत : बाबुरामको पार्टी बिघटन नै हुने भो !
व्यापार यद्धले कसैलाई राम्रो गर्दैन, फ्रान्सेली अर्थमन्त्री ब्रुनो
व्यापार यद्धले कसैलाई राम्रो गर्दैन, फ्रान्सेली अर्थमन्त्री ब्रुनो
धनुषाधाम नगरपालिकामा कांग्रेस विजयी
धनुषाधाम नगरपालिकामा कांग्रेस विजयी
अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो
अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो
बलात्कारपछि बाख्राकाे गयाे ज्यान !
बलात्कारपछि बाख्राकाे गयाे ज्यान !
गोर्खा मुद्दा : बहुप्रतिक्षित वार्ताको टीओआर बनाउन बसेको बैठक बिनानिष्कर्ष टुंगियो
गोर्खा मुद्दा : बहुप्रतिक्षित वार्ताको टीओआर बनाउन बसेको बैठक बिनानिष्कर्ष टुंगियो
३२ जिल्लामा करिव ६५ प्रतिशत मतदान – निर्वाचन अायाेग
३२ जिल्लामा करिव ६५ प्रतिशत मतदान – निर्वाचन अायाेग