इलेक्सन क्विजबारे प्रश्न उठेपछि आयोगले दियो स्पष्टीकरण

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
४६ पटक हेरिएको
Shares
इलेक्सन क्विजबारे प्रश्न उठेपछि आयोगले दियो स्पष्टीकरण

सारांश

  • १७ मंसिर, काठमाडौं ।
  • मतदाता शिक्षाका लागि सुुरु गरिएको हाजिरीजवाफ कार्यक्रम (इलेक्सन क्विज) विवादमा निर्वाचन आयोगले स्पष्टीकरण दिएको छ ।
  • इलेक्सन क्विजमा अमुख दलको पक्षमा प्रश्न सोधिएको भन्दै एमालेले आपत्ति जनाएको थियो ।

१७ मंसिर, काठमाडौं । मतदाता शिक्षाका लागि सुुरु गरिएको हाजिरीजवाफ कार्यक्रम (इलेक्सन क्विज) विवादमा निर्वाचन आयोगले स्पष्टीकरण दिएको छ ।

इलेक्सन क्विजमा अमुख दलको पक्षमा प्रश्न सोधिएको भन्दै एमालेले आपत्ति जनाएको थियो ।

लगत्तै, आयोगले इलेक्सन क्विज सात भागको रहेको र सबैमा प्रधानमन्त्रीदेखि विभिन्न दलका अध्यक्ष, शीर्ष नेता तथा अन्य उम्मेदवारको नाम रहेको बताएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एउटै भागमा सबै उम्मेदवारहरूको नाम समावेश गर्न सम्भव नभएकाले सबै भागमा कुनै न कुनै उम्मेदवारको नाम समावेश होस् भन्ने असल मनसायले नामहरू समावेश भएको जानकारीका लागि अनुरोध छ ।’

आयोगका अनुसार हाजिरीजवाफको पहिलो भागमा शेरबहादुर देउवा, माधवकुमार नेपाल र योगेश भट्टराईको उम्मेदवारी कहाँ कहाँ छ भनेर सोधिएको थियो भने दोस्रो भागमा राजेन्द्र महतो, आरजु देउवा र नवराज सिलवाल बारेमा प्रश्न समावेश छ । तेस्रो भागमा उम्मेदवारहरु गगन थापा, रविन्द्र मिश्र र विश्वप्रकाश शर्मा तथा चौथो भागमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ र पम्फा भुसालको नाम समावेश गरिएको छ ।

रेकर्ड भइसकेका भागहरु पाँचौंमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल र बाबुराम भट्टराई तथा छैटौं भागमा पशुपति शमशेर राणा, लालबाबु पण्डित र अग्निप्रसाद सापकोटा र भाग सातमा के.पी. शर्मा ओली, विजयकुमार गच्छदार र ईश्वर पोखरेलको उम्मेदवारी सम्बन्धमा प्रश्न समावेश गरिएका आयोगले जनाएको छ ।

निर्वाचन आयोगले स्वतन्त्र, स्वच्छ र निष्पक्ष ढङ्गले निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको र कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नरहेको स्पष्टीकरण दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाचु नाचु लाग्ने शिलुको ‘दसैं आयो’ सार्बजनिक
नाचु नाचु लाग्ने शिलुको ‘दसैं आयो’ सार्बजनिक
नयाँ पदयात्राको खोजी गर्न गुरिल्ला पदमार्गमा पदयात्रा
नयाँ पदयात्राको खोजी गर्न गुरिल्ला पदमार्गमा पदयात्रा
दिल्ली हिँसामा २७ जनाको मृत्यु, २०० बढी घाइते, १०६ जना पक्राउ
दिल्ली हिँसामा २७ जनाको मृत्यु, २०० बढी घाइते, १०६ जना पक्राउ
  प्रधानमन्त्री कप क्रिकेटः एपिएफद्वारा बागमतीलाई दुई सय ४२ रनको लक्ष्य
  प्रधानमन्त्री कप क्रिकेटः एपिएफद्वारा बागमतीलाई दुई सय ४२ रनको लक्ष्य
भारतमा कोरोना फैलिएसँगै नेपालगञ्ज नाकामा सतर्कता
भारतमा कोरोना फैलिएसँगै नेपालगञ्ज नाकामा सतर्कता
‘भिजिट नेपाल इयर- २०२०’ अभियानको आधिकारिक लोगो सार्वजनिक
‘भिजिट नेपाल इयर- २०२०’ अभियानको आधिकारिक लोगो सार्वजनिक
७० लाख भेनेजुएली नागरिकले देश छाडे
७० लाख भेनेजुएली नागरिकले देश छाडे
आलेख: निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती
आलेख: निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती
स्थानीय तहका अधिकार कार्यान्वयनः अवसर र चुनौतीको दोसाँधमा
चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी
चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी