किन गयो डिएसपी साबको जागिर ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
३३ पटक हेरिएको
Shares
किन गयो डिएसपी साबको जागिर ?

सारांश

  • रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत् प्रहरी नायव उपरीक्षक डीएसपी कुमुद ढुंगेल निलम्बित भएका छन् ।
  • प्रहरी प्रधान कार्यालय काठमाडौंले अनुसन्धान गर्न भन्दै प्रहरी नायव उपरीक्षक ढुंगेललाई निलम्बन गरेको हो ।
  • डकैत समूहसँग साठगाँठ रहेको आशंकामा उनी निलम्बनमा परेका हुन् ।

रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत् प्रहरी नायव उपरीक्षक डीएसपी कुमुद ढुंगेल निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालय काठमाडौंले अनुसन्धान गर्न भन्दै प्रहरी नायव उपरीक्षक ढुंगेललाई निलम्बन गरेको हो ।

डकैत समूहसँग साठगाँठ रहेको आशंकामा उनी निलम्बनमा परेका हुन् । सो घटना बाहिर आउनासाथ प्रहरी प्रधान कार्यालयले ढुंगेलमाथि छानबिन थालेको थियो ।

गृहसचिव प्रेमकुमार राईले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई घटनाबारे विस्तृत् छानबिन गर्न निर्देशन दिएपछि उनीमाथि छानबिन सुरु भएको थियो ।

काठमाडौंको रानीबारीका लालेन्द्र शेरचन्दको घरमा भएको डकैती घटना गराउनेमध्येका विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पठाउनुका साथै भेटघाट गरेको पाइएपछि उनीमाथि छानबिन भएको हो । यसअघि पनि ढुंगेल विभिन्न आपराधिक घटनाका अभियुक्तसँग संवादमा रहने गरेको आरोप लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?