जीबी राई नेपाल आइपुगेको आशंका

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २४, २०८१
|
|
३१ पटक हेरिएको
Shares
जीबी राई नेपाल आइपुगेको आशंका

सारांश

  • काठमाडौं।
  • सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु उर्फ जीबी राई भारतीय बाटो हुँदै नेपाल आइपुगेको आशंका गरिएको छ।
  • जीबी खोज्न नेपाल प्रहरीका एसपी र सई एक सातासम्म मलेसियामा बसेका थिए ।

काठमाडौं। सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु उर्फ जीबी राई भारतीय बाटो हुँदै नेपाल आइपुगेको आशंका गरिएको छ।

जीबी खोज्न नेपाल प्रहरीका एसपी र सई एक सातासम्म मलेसियामा बसेका थिए । जीबी फेला नगरेपछि उनीहरु खाली हात फर्किएका थिए।

जीबी मलेसियामा रहेको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको समन्वयमा प्रहरीको टोली पठाइएको थियो। सहकारी ठगी मुद्दामा फरार रहेका जिबीमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मीलगायतका सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन गरेको आरोप छ। आफूलाई खोज्दै प्रहरी मलेसिया आइपुगेको सुइँको पाएपछि जिबी भारतीय बाटो प्रयोग गरी फर्किएको प्रहरीको आँकलन छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?