नयाँ रेकर्ड राख्यो सुनको मूल्यले, कतिमा हुँदैछ कारोबार ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ५, २०७९
|
|
२१ पटक हेरिएको
Shares
नयाँ रेकर्ड राख्यो सुनको मूल्यले, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
  • सुनको मूल्य आज एकैदिन तोलामा २ हजार ९ सय बढेपछि नयाँ रेकर्ड कायम भएको हो ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज एकैदिन तोलामा २ हजार ९ सय बढेपछि नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३४५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको छ ।

यसअघि गएको माघ १९ गते छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० पुगेको थियो भने शुक्रबार १ लाख ७ हजार १०० रुपैयाँ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?