बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २७, २०७४
|
|
२० पटक हेरिएको
Shares
बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार

सारांश

  • सुरुङ्गा (झापा), २७ भदौ ।
  • झापाको बिर्तामोडमा तीन वर्षअघिदेखि सञ्चालनमा आएको बिएण्डसी हस्पिटलले सेवा विस्तार गर्दै सोमबारदेखि ५० शय्याकोे सघन उपचार कक्ष (आइसियु) सेवा शुरु गरेको छ ।
  • विसं २०७१ फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको यो अस्पताल निजीस्तरमा पूर्वान्चलकै ठूलो अस्पताल हो ।

सुरुङ्गा (झापा), २७ भदौ । झापाको बिर्तामोडमा तीन वर्षअघिदेखि सञ्चालनमा आएको बिएण्डसी हस्पिटलले सेवा विस्तार गर्दै सोमबारदेखि ५० शय्याकोे सघन उपचार कक्ष (आइसियु) सेवा शुरु गरेको छ ।

विसं २०७१ फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको यो अस्पताल निजीस्तरमा पूर्वान्चलकै ठूलो अस्पताल हो । मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धनको पर्खाइमा रहेको यो अस्पताल ३०० शय्याको छ । २२ बिगाहा क्षेत्रफलमा फैलिएको मेडिकल कलेज सञ्चालनका लागि झण्डै रु पाँच अर्ब भन्दा बढी लगानी गरिएको छ ।

अस्पतालमा यसअघि १५ शय्या आइसियुका थिए । बिरामीको चापलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिसहित अस्पतालले आइसियु सेवा विस्तार गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक ८०० बिरामीले ओपिडीमा मात्रै सेवा लिन्छन् जटिल प्रकारका बिरामीका लागि आइसियु अपुग थियो र हामीले सेवा विस्तार गरेका हौँ ।”

पचास शय्या आइसियु सेवासहित अस्पतालमा ३८ शय्या एनआइसियु, २५÷२५ पिआइसियु तथा एचडियुका शय्या छन् । आइसियु सेवा सञ्चालनका लागिमात्रै एनेस्थेसिया विशेषज्ञ डा राजु श्रेष्ठको नेतृत्वमा छजना विशेषज्ञ डाक्टर कार्यरत रहने आइसियु उद्घाटन समारोहमा अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताउनुभयो । उहाँले अस्पतालका दुई आइसियु शय्यालाई अन्तरराष्ट्रिय मापदण्डअनुसार अतिविशिष्ट बनाइने बताउनुभयो ।

अस्पतालमा ७२ जना विशेषज्ञ डाक्टर कार्यरत रहेको जानकारी गराइएको छ जसमा छ–छजना महिला रोग विशेषज्ञ र एनेस्थेसिया, न्यूरो सर्जन तीन, अर्थाेपेडिक छ, मेडिसिन पाँच, नाक, कान, घाँटी रोग विशेषज्ञ तीन, दन्तरोग तीन, म्याग्जिलोफेसियल तीनलगायत रहेको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले बताउनुभयो । ७७१ जनाले प्रत्यक्ष रोजगारी पाएको अस्पताल सञ्चालन यता पूर्वका पाँच लाखभन्दा बढीले सेवा लिइसकेका छन् ।

अस्पतालमा क्यान्सरको समेत उपचार शुरु भएपछि पूर्वका सर्वसाधारण अस्पतालको सेवाप्रति खुशी छन् । यहाँका सर्वसाधारण क्यान्सरको उपचारका लागि यसअघि भरतपुर क्यान्सर अस्पतालसहित काठमाडौँ र भारतका विभिन्न अस्पतालमा जाने गरेका थिए ।

भारतको मेदान्त हस्पिटलसँग सहकार्य गर्दै अस्पतालले क्यान्सरको उपचार शुरु गरेपछि एक वर्षमा झण्डै ५० जनाको सफल शल्यक्रिया गरिएको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?