‘उत्तर कोरियाली नेता किम जिवीतै’

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १५, २०७७
|
|
५४ पटक हेरिएको
Shares
‘उत्तर कोरियाली नेता किम जिवीतै’

सारांश

  • साेल।
  •  उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जिवीतै रहेको दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका छन्।
  • पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम गम्भीर रुपमा विरामी रहेको अथवा कतिपयले त उनको निधन भएको भन्नेजस्ता समाचार नै सार्वजनिक गरेको अवस्थामा ती सैन्य अधिकारीले सो कुरा स्पष्ट गरेका हुन्।

साेल।  उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जिवीतै रहेको दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका छन्।
पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम गम्भीर रुपमा विरामी रहेको अथवा कतिपयले त उनको निधन भएको भन्नेजस्ता समाचार नै सार्वजनिक गरेको अवस्थामा ती सैन्य अधिकारीले सो कुरा स्पष्ट गरेका हुन्।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले सोमबार सो जानकारी दिएका हुन्। उनले भनेका छन्, हाम्रो सरकारको सूचना बलियो छ, उहाँ स्वस्थ्य  र जिवीतै हुनुहुन्छ।'

उनले अमेरिकी टेलिभिजन सिएनएनसँगको अन्तर्वार्ताका क्रममा सो जानकारी गराएका हुन्। उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको जानकरी उनले सो टिभीलाई बताए।  

यही अप्रिल १५ मा उत्तर कोरियाको एक महत्वपूर्ण कार्यक्रममा उहाँको उपस्थिति नदेखेपछि विभिन्न देशका मिडिया तथा व्यक्तिले केहीले उनी गम्भीर विरामी रहेको त केहीले उनको निधन नै भइसकेको समाचार बाहिर ल्याएका थिए।  
त्यसदिन नेता किमका हजुरबुबा किम इल सुङको जन्मदिनको अवसरमा उत्तर कोरियामा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। किम इल सुङ उत्तर कोरियाका संस्थापक थिए।
गएको सोमबार दक्षिण कोरियाकै एक दैनिक पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो।
पछि सो पत्रिकाले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको उल्लेख गरेको थियो।

तर पनि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था र उनी कहाँ छन् भन्ने बारे केही जानकारी दिएको छैन। किम केही समयदेखि सार्वजनिक रुपमा कार्यक्रमहरुमा देखिएका छैनन्।
अमेरिकी सञ्चारमाध्यम सिएनएनले पनि गुप्तचर निकायको स्रोतलाई उद्धृत गर्दै शल्यक्रियापछि किमको स्वास्थ्य अवस्था अति गम्भीर रहेको बताएको थियो। तर दक्षिण कोरियाका दुई अधिकारीले सो कुराको सोही समयमा खण्डन गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेस्रो दीक्षान्त गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय
तेस्रो दीक्षान्त गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी
भान्साको धाराबाट मदिरा बग्न थालेपछि‘
भान्साको धाराबाट मदिरा बग्न थालेपछि‘
जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छः सांसद गौतम
जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छः सांसद गौतम
छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छ : प्रचण्ड
छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छ : प्रचण्ड
मोटरसाइकल जुध्दा एकको मृत्यु, तीन घाइते
मोटरसाइकल जुध्दा एकको मृत्यु, तीन घाइते
आन्दोलनरत शिक्षकलाई मन्त्रालयले भन्यो, ‘स्थानीय तहमै कुरा मिलाऊ’
आन्दोलनरत शिक्षकलाई मन्त्रालयले भन्यो, ‘स्थानीय तहमै कुरा मिलाऊ’
क्रिकेटर लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
क्रिकेटर लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने