उदयपुरमा एकै दिन ४ जनाको सव फेला
सारांश
- उदयपुर १३ असोज।
- उदयपुरमा हिजो भएका छुट्टा छुट्टै घटनामा ४ जनाको सव फेला परेको छ ।
- जिल्ला प्रहरी कार्यालय उदयपुर का अनुसार हत्या गरि फालेको अवस्थामा १ जना , माटोका ढिस्कोले पुरिएर १ जना , खोलामा डुबेर १ जना , र जंगलमा कंकाल फेला १ जना गरी ४ जनाको सव फेला परेको हो ।
उदयपुर १३ असोज। उदयपुरमा हिजो भएका छुट्टा छुट्टै घटनामा ४ जनाको सव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर का अनुसार हत्या गरि फालेको अवस्थामा १ जना , माटोका ढिस्कोले पुरिएर १ जना , खोलामा डुबेर १ जना , र जंगलमा कंकाल फेला १ जना गरी ४ जनाको सव फेला परेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ त्रियुगा नदिको बगरमा एक व्यक्तिको शब फेला परेको हो। स्थानीय त्रिनपा ९ गैरुनका ४० वर्षिय महमद वकिलको शब फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत डीएसपी मेघराज अधिकारी का अनुसार,स ८ प ३७३५ नम्बरको पल्सर मोटरसाईकल सहित उनको शब फेला परेको हो । मोटरसाईकल स्टेण्ट लगाएर राखिएको र शब घोप्टो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बालुवा चाल्न गएका मजदुरहरुले सुक्रबार विहान बगरमा लास देखेर प्रहरीलाई खबर गरेका थिए । एकान्त बगरमा शब फेला पर्नुले उनको हत्या भएको स्थानीयको आशंका गरिएको छ । प्रहरीले उक्त घटना गएराती घटेको हुनसक्ने जनाएको छ । वकिल सुमो गाडी चलाएर सामान्य जिविकोपार्जन चलाईरहेका व्यक्ति हुन् । वकिलको शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ ।
उदयपुर रौतामाईगाउपलिका ६ चिसापानी भन्ने ठाउँमा माटो लिन जानु भएको मधुमाया रायमाझी माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । भने उदयपुरगढी गाउपालिका ६ स्थित बैजानाथ खोलामा डुबेर स्थानीय शेर ब. सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी मेघराज अधिकारीले बताउनु भयो ।
त्यसैगरी त्रियुगा नगरपालिका वडा नं. १६ बेल्दोभानमा एक पुरुषको कंकाल फेला परेको छ । बेल्दोभान नजिकैको झाँडीमा पुरानो अवस्थाको कंकाल फेला परेको हो । प्रहरी टोलीले शरीरको मासु एउटै नरहेको, दुर्गन्ध केही नरहेको, कंकालमात्र रहेको, लगाएको लुगाफाटो मक्किसकेको, एउटा झोला र फाल्टो भेष्ट, पाईन्ट, मोवाईलसेट पनि मक्किसकेको अवस्थामा फेला पारेको छ ।टाउकाको खप्पर, हात, खुट्टा लगायत शरीरका विभिन्न भागको हड्डीको कंकाल मात्र रहेको र जुत्ताभित्र नै खुट्टाको हड्डी रहेको अवस्थामा फेला परेको थियो । कंकाल कस्को र कहिलेको भन्ने थाहा नभएपनि निकै पुरानो भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया