यी हुन् माेटरसाइकल चाेर्ने नेपाल प्रहरीका जवान

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १४, २०७५
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १४ कार्तिक ।
  • प्रहरी नै मोटरसाइकल चोरीमा संलग्न भएको पाइएको छ ।
  • चोरीको मोटरसाइकल सहित नेपाल प्रहरीका तीन जवान पक्राउ परेपछि घटना पुष्टि भएको हो ।

काठमाडौं, १४ कार्तिक । प्रहरी नै मोटरसाइकल चोरीमा संलग्न भएको पाइएको छ । चोरीको मोटरसाइकल सहित नेपाल प्रहरीका तीन जवान पक्राउ परेपछि घटना पुष्टि भएको हो । पक्राउ पर्ने प्रहरी जवान वासिङटन घर्ती, दिपेन्द्र शाही र इन्द्रजीत कडरिया रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंका टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो । उनीहरुले बा ५७ प २५९९ नम्वरको मोटरसाइकल चोरी गरेको खुलेको छ ।

घर्ती र शाही महानगरीय प्रहरी प्रभाग पाटनमा कार्यरत छन् । कडरिया भने महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत छन् । सिसि टिभीको दृश्य विश्लेषणपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले उक्त मोटरसाइकल ५ कात्तिकमा चोरी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?