उदयपुरमा एकै परिवारका तीनजनाको हत्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १७, २०७९
|
|
२७ पटक हेरिएको
Shares
उदयपुरमा एकै परिवारका तीनजनाको हत्या

सारांश

  • उदयपुर।
  • उदयपुरको बेलकामा एकै परिवारको तीनजनाको हत्या भएको छ ।
  • १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा एकै परिवारको तीनजनाको हत्या भएको हो।

उदयपुर। उदयपुरको बेलकामा एकै परिवारको तीनजनाको हत्या भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा एकै परिवारको तीनजनाको हत्या भएको हो।

उनका अुनसार स्थानीय ३७ वर्षीया राजकुमार बस्नेत, उनकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र १२ वर्षीया छोरा सुजन बस्नेतको हत्या भएको हो । मृतक सबैको शव दिलुवाटारको वाबिङखोलामा पानीमा तैरिरहेको अवस्थामा भेटिएको थियो ।

हत्या आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय नरबहादुर बस्नेतलाई पक्राउ गरेको छ । ‘हत्या गरेर स्थानीय खोलामा शव फालेको खुलेसँगै इन्स्पेक्टरको कमाण्डमा टोली घटनास्थलमा छ’ उनले भने, ‘हत्याको आरोपमा हामीले एकजनालाई पक्राउ गरेर प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ ।’

अनुसन्धान भइनसकेकाले घटनाका विषयमा यसै भन्न नसकिने उनले बताए । बस्नेतलाई बेलका नगरपालिका ६ वरबोटेबाट पक्राउ गरिएको एसपी राईले जानकारी दिए ।

घटना कहिले भएको यकिन नभएपनि शुक्रबार शव भेटिएको र शव पोस्टमार्टमका लागि पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?