ट्रेलरमा आयो चलचित्र हात्तीछाप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०८०
|
|
२० पटक हेरिएको
Shares
ट्रेलरमा आयो चलचित्र हात्तीछाप

सारांश

  • काठमाडौं ।
  • चलचित्र ‘हात्तीछाप’को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ ।
  • २६ माघबाट रिलिज हुने यो चलचित्रको ट्रेलरलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको हो ।

काठमाडौं । चलचित्र ‘हात्तीछाप’को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । २६ माघबाट रिलिज हुने यो चलचित्रको ट्रेलरलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको हो ।

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्मको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ । ट्रेलर अनुसार अभिनेता सौगात मल्ल बोतल राजाको रुपमा प्रस्तुत भएका छन् । ट्रेलरमा भुकम्पको कथादेखि राजनीतिक कथालाई समेत जोडिएको छ । यसमा दयाहाङ एक सँघर्षसिल युवाको भूमिकामा छन् । उनी र उपासनाको प्रेमकथालाई ट्रेलरमा स्थान दिईएको छ ।

यस अघि आफुले दयाहाङ राई, सौगात मल्ल र उपासनालाई लिएर बनाएको चलचित्र ‘२ नम्बरी’ ब्यबसायिक रुपमा सफल भएपििछ यही टिमलाई लिएर हात्तीछाप बनाएको यसका निर्माता किरण नेपालीले राजधानीलाई बताए ।

यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रलाई प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमा हास्य जनरामा बताईएको छ । हात्तीछापमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको एक्सन, आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

पुष्कर गुरुङ, अमला देवी राई र जय श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । रेड बर्ड प्रोडक्शनको व्यानरमा यो फिल्म निर्माण भएको यो फिल्मका प्रोडक्शन हेड सुरज आचार्य हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?