उदयपुरमा राईड टु कोशीटप्पु २०७५ हुने
सारांश
- उदयपुर,३०,पुष।
- स्वास्थ्य, पर्यावरण र पर्यटन संगसंगै भन्ने नाराका साथ उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केको संयुक्त आयोजनामा माघ २५ र २६ गते उदयपुरमा ‘राईड टु कोशीटप्पु २०७५’ हुनेभएको छ ।
- उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नं.
उदयपुर,३०,पुष।स्वास्थ्य, पर्यावरण र पर्यटन संगसंगै भन्ने नाराका साथ उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केको संयुक्त आयोजनामा माघ २५ र २६ गते उदयपुरमा ‘राईड टु कोशीटप्पु २०७५’ हुनेभएको छ ।
उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नं. बाहिनीको संयुक्त आयोजनामा हुन गैरहेको कार्यक्रमको बारेमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम हुने जानकारी आयोजकले गराएको हो।
जिल्लाको पर्यटन विकासको लागि हुने सो कार्यक्रममा उदयपुर र देशको बिभिन्न जिल्लाका साईकलप्रेमीहरु सहभागि हुने आयोजकले जनाएको छ।यात्राको क्रममा तीनवटै नगरपालिकाका बजार क्षेत्र हरुको परिक्रमा गरिनेछ।साईक्लिङ त्रियुगा नगरपालिकाको गाईघाटबाट सुरु भई चौदण्डीगढी नगरपालिका हुदै बेलका नगरपालिकाको रामपुर बजार हुदै कोशीटप्पु सप्तकोशी सम्मको हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया