महासंघले छिट्टै दोस्रो चरणको आन्दोलन घोषणा गर्छ : अध्यक्ष आचार्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
महासंघले छिट्टै दोस्रो चरणको आन्दोलन घोषणा गर्छ : अध्यक्ष आचार्य

सारांश

  • काठमाडौं, २२ भदौ ।
  • नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघले दोस्रो चरणको आन्दोलन आगामी सोमबारभित्रै सार्वजनिक गर्ने बताएका छन् ।
  • पहिलो चरणको सांकेतिक विरोध कार्यक्रमअन्तर्गत आज नयाँ बानेश्वरमा आयोजित सांकेतिक प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले दोस्रो चरणको आन्दोलन घोषणा गरिने बताएका हुन् ।

काठमाडौं, २२ भदौ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघले दोस्रो चरणको आन्दोलन आगामी सोमबारभित्रै सार्वजनिक गर्ने बताएका छन् । पहिलो चरणको सांकेतिक विरोध कार्यक्रमअन्तर्गत आज नयाँ बानेश्वरमा आयोजित सांकेतिक प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले दोस्रो चरणको आन्दोलन घोषणा गरिने बताएका हुन् ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिताका केही प्रावधानहरु संविधानकै विरुद्ध भएको बताउँदै त्यसलाई तत्काल संशोधन गर्न माग गरे । “हामीले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रदेश र केन्द्रमा सबै ठाउँमा ज्ञापनपत्र बुझाइसकेका छौं । कतैबाट सुनुवाई नभएपछि सडकमा आउन बाध्य भएका छौं ।”

अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रताविरोधी कानून अस्वीकार्य भएको बताउँदै भने, “आगामी सोमवारसम्ममा दोस्रो चरणको आन्दोलन घोषणा गरिने छ ।” उनले सरकारले मुलुकी संहिताका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने प्रावधानहरु संशोधन नगर्दासम्म आन्दोलन जारी रहने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?