होसियार ! खाडी र मलेसियाका ६७ रोजगारदाता कालोसूचिमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
होसियार ! खाडी र मलेसियाका ६७ रोजगारदाता कालोसूचिमा

सारांश

  • माघ २९, काठमाण्डौ ।
  • सरकारले रोजगारका क्रममा पुगेका श्रकिमलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदातालाई कालोसूचीमा राखेको छ ।
  • वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन म्यानपावरलाई आग्रहसमेत गरेको छ ।

माघ २९, काठमाण्डौ । सरकारले रोजगारका क्रममा पुगेका श्रकिमलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदातालाई कालोसूचीमा राखेको छ ।

वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन म्यानपावरलाई आग्रहसमेत गरेको छ । विभागका महानिर्देशक दिलीप चापागाईले कालोसूचीमा परेका रोजगारदातालाई कालोसूचीबाट हटाउने निर्णय नभएसम्म श्रमिक आपूर्ति गर्न नपाइने बताए ।

कालोसूचीमा पर्नेमा सबभन्दा बढी मलेसियाका रोजगारदाता छन् । विभागले मलेसियाका ५२, संयुक्त अरब इमिरेट्सका ६, साउदी अरेबियाका पाँच र कतारका चार रोजगारदाता कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।

कालोसूचीमा परेका रोजगारदाताले श्रकिमलाई सम्झौता अनुसार सेवा, सुविधा नदिई समस्यामा पारेको तथ्य फेला परेको विभागले जनाएको छ । यो समाचार नागरिकबाट लिइएको हो ।

(https://ausoma.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?