नागदहमा एकै दिनमा एक लाख पर्यटक !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
१८ पटक हेरिएको
Shares
नागदहमा एकै दिनमा एक लाख पर्यटक !

सारांश

  • ललितपुर, ३१ साउन ।
  • नागपञ्चमीमा एक लाख आन्तरिक पर्यटक नागदह पुगेका छन् ।
  • वर्षेनी झण्डै ३० हजार जनाको हाराहारीमा आगन्तुक आउने गरेकामा यस वर्ष महोत्सवको आयोजना गरिएकाले पर्यटकको संख्यामा वृद्धि भएको आयोजकले जनाएको छ ।

ललितपुर, ३१ साउन । नागपञ्चमीमा एक लाख आन्तरिक पर्यटक नागदह पुगेका छन् । वर्षेनी झण्डै ३० हजार जनाको हाराहारीमा आगन्तुक आउने गरेकामा यस वर्ष महोत्सवको आयोजना गरिएकाले पर्यटकको संख्यामा वृद्धि भएको आयोजकले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नागदहको विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पर्यटन क्षेत्र र ट्राभल एजेन्सीका बीचमा सहकार्य बढाउनुपर्नेमा उनको जोड छ । उनले भने, “नागदहजस्ता धार्मिक र प्रकृतिक हिसाबले महत्वपूर्ण ठाउँको प्रवद्र्धन गर्दै जानुपर्छ ।” नागदह आसपासका जग्गा व्यवस्थापनको खाँचो उनले औँल्याए ।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य पम्फा भुसालले यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रलाई समेटेर ‘पदमार्ग रुट’ बनाउने योजना सुनाए । ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले नागदहको विकासका लागि महानगरपालिकाले सहयोग गर्दै जाने बताए । नागदह महोत्सव मूल आयोजना समितिका अध्यक्ष दिनेश कार्कीले नागदह केन्द्रित गरेर हाइकिङ रुटको विकास गरिनेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनौला सपनासहित दुर्घटनामा घाइते, रकम अभावले दाङका यी युवाको मलेसियामा उपचार प्रभावित
सुनौला सपनासहित दुर्घटनामा घाइते, रकम अभावले दाङका यी युवाको मलेसियामा उपचार प्रभावित
भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
दाङ जिल्लामा कुन स्थानीय तहमा कति मत खस्यो ?
दाङ जिल्लामा कुन स्थानीय तहमा कति मत खस्यो ?
एउटै वडाबाट १५ करोडको आलु निर्यात
एउटै वडाबाट १५ करोडको आलु निर्यात
स्थानीय तहमा कर्मचारी सरुवा, बढुवा रोक्दै
स्थानीय तहमा कर्मचारी सरुवा, बढुवा रोक्दै
बैशाख २२ गते बुधवारको राशिफल यस्तो छ
बैशाख २२ गते बुधवारको राशिफल यस्तो छ
अर्काे प्रश्न साेधेकाे भन्दै डाेनाल्ड ट्रम्पले गरे पत्रकारको परिचय पत्र निलम्बन
अर्काे प्रश्न साेधेकाे भन्दै डाेनाल्ड ट्रम्पले गरे पत्रकारको परिचय पत्र निलम्बन
लुम्बिनी सरकारको प्रगति समीक्षा : योजना कार्यान्वयनमा केन्द्रित हुन निर्देशन
लुम्बिनी सरकारको प्रगति समीक्षा : योजना कार्यान्वयनमा केन्द्रित हुन निर्देशन
पोर्चुगल सरकारद्वारा दश हजार नेपाली कामदार फिर्ता पठाउने तयारी….
पोर्चुगल सरकारद्वारा दश हजार नेपाली कामदार फिर्ता पठाउने तयारी….
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक

तपाईंले छुटाउनुभयो कि?