२५ लाखको आलुको कारोवार

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
५४ पटक हेरिएको
Shares
२५ लाखको आलुको कारोवार

सारांश

  • पोखरा, २ वैशाख ।
  • विष्णुपादुका क्लबले कास्कीको हेमजामा आयोजना गरेको दशौँ राष्ट्रिय हेमजा आलु महोत्सवमा २५ लाख मूल्य बराबरको आलुको कारोवार भएको छ ।
  • ‘सुन्दर गाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिवार खाऊँ, आलु एक परिवार अनेक’ भन्ने मुख्य नाराका साथ आयोजित महोत्सवको अवलोकनमा आउने अधिकांश दर्शकले आलु खरीद गर्दा उक्त कारोवार भएको हो ।

पोखरा, २ वैशाख । विष्णुपादुका क्लबले कास्कीको हेमजामा आयोजना गरेको दशौँ राष्ट्रिय हेमजा आलु महोत्सवमा २५ लाख मूल्य बराबरको आलुको कारोवार भएको छ । ‘सुन्दर गाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिवार खाऊँ, आलु एक परिवार अनेक’ भन्ने मुख्य नाराका साथ आयोजित महोत्सवको अवलोकनमा आउने अधिकांश दर्शकले आलु खरीद गर्दा उक्त कारोवार भएको हो ।

गत चैत २२ देखि वैशाख १ गतेसम्म आयोजित सो महोत्वसमा ६५ हजार दर्शकले अवलोकन गरेको झाँकी तथा खरीद–बिक्री उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिनुभयो । महोत्सवअन्तर्गत आयोजित राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगितामा लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा प्रथम, बाराही रोधिघर पोखरा द्वितीय एवम् दर्पणछायाँ दोहोरी पोखरा र गण्डकी प्रदेश दोहोरी प्रतिष्ठान सान्त्वना हुन सफल भएका थिए ।

त्यसैगरी रत्यौली प्रतियोगितामा नमूना आमा समूह प्रथम, आर्वाविजय आमा समूह द्वितीय र गौरीशङ्कर आमा समूह तृतीय, इन्द्रेणी आमा समूहले सान्त्वना एवम् राधाकृष्ण आमा समूह लुठोमा उत्कृष्ट भई पुरस्कृत भएका थिए ।

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले प्रदेशले भूउपयोग नीति ल्याउने तयारी गरेको उल्लेख गर्दै जग्गाको खण्डकीकरणलाई निरुत्साहित गर्दै जमीनको वर्गीकरण गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिका–२५ का अध्यक्ष शोभाकर तिम्सिनाले महोत्सवले हेमजालाई विश्वसामु परिचित गराउन सफल भएको उल्लेख गर्दै कृषि क्षेत्रलाई खण्डीकरण गर्न नदिने स्पष्ट पार्नुभयो । पूर्वसांसद शारदा पौडेल, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० हेमजाका संयन्त्र सदस्य माधवशरण पौडेल, सल्लाहका रामचन्द्र त्रिपाठी, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्राविधिक चन्द्रकान्त तिमिल्सिनालगायतले कृषिमा व्यावसायिक एवम् आधुनिकीकरणको खाँचो औँल्याउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय पक्षले अनधिकृतरुपमा नेपाली भूमि जाँच गरेकाेबारे छानबिन गर्न माग
भारतीय पक्षले अनधिकृतरुपमा नेपाली भूमि जाँच गरेकाेबारे छानबिन गर्न माग
काठमाडौँका स्थानीय तहमा भदौ १५ सम्म सेवा स्थगित
राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा
राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा
‘उही  खोलीमा पानी’ बोलको गीतले चिनायो : राजन गुरुङ
‘उही खोलीमा पानी’ बोलको गीतले चिनायो : राजन गुरुङ
सन्जुले रच्याे इतिहास, सलमान र अामिर पछि परे
सन्जुले रच्याे इतिहास, सलमान र अामिर पछि परे
नेकपाको प्रदेश १ र २ को नेतृत्वको लागी दाबेदारहरु
नेकपाको प्रदेश १ र २ को नेतृत्वको लागी दाबेदारहरु
कार्यकर्ता छुटाउन विज्ञप्ति निकालेको छैन  राज्यमन्त्री पुन
कार्यकर्ता छुटाउन विज्ञप्ति निकालेको छैन राज्यमन्त्री पुन
सरकारले बनायो वाइडबडी जहाज खरिद सम्बन्धमा जाँचबुझ समिति
सरकारले बनायो वाइडबडी जहाज खरिद सम्बन्धमा जाँचबुझ समिति
राष्ट्र भाषा संरक्षणमा चासो , प्रत्येक समुदायले बोल्ने राष्ट्र भाषालाई पाठ्यक्रममा समाबेश गर्न माग
राष्ट्र भाषा संरक्षणमा चासो , प्रत्येक समुदायले बोल्ने राष्ट्र भाषालाई पाठ्यक्रममा समाबेश गर्न माग
सुरक्षा व्यवस्था कडा छ : पाँचथर प्रहरी
सुरक्षा व्यवस्था कडा छ : पाँचथर प्रहरी