विशेष समितिले प्रदेश नम्बर ७ को नाम ‘खप्तड’र राजधानी गोदावरी राख्ने प्रतिवेदन पेश
सारांश
- काठमाडौ ५,भदौ।
- प्रदेश नम्बर ७ को नाम र राजधानी टुङ्गो लगाउन गठित विशेष समितिले प्रदेशको नाम ‘खप्तड’ र प्रदेशको स्थायी राजधानी कैलालीको ‘गोदावरी’ सिफारिस गरेको स्रोत् ले बताएको छ।
- समितिका संयोजक तारा लामा तामाङ सहित सदस्यहरुले प्रदेशका सभामुख अर्जुनबहादुर थापा लाई कार्यकक्षमै गएर प्रतिवेदन पेस गरेका हुन्।
काठमाडौ ५,भदौ। प्रदेश नम्बर ७ को नाम र राजधानी टुङ्गो लगाउन गठित विशेष समितिले प्रदेशको नाम ‘खप्तड’ र प्रदेशको स्थायी राजधानी कैलालीको ‘गोदावरी’ सिफारिस गरेको स्रोत् ले बताएको छ। समितिका संयोजक तारा लामा तामाङ सहित सदस्यहरुले प्रदेशका सभामुख अर्जुनबहादुर थापा लाई कार्यकक्षमै गएर प्रतिवेदन पेस गरेका हुन्। समितिले विकल्पसहित नाम सुझाएको स्रोत बताउँछ।
प्रतिवेदन लिदै प्रदेशका सभामुख थापाले भने जति सक्यो चाडो प्रदेश सभाको बैठकमा यो विषय लाई प्रवेश गराउने छु।उनले समितिले बुझाएको प्रतिवेदनलाई लम्ब्याउने सोचमा आफू नरहेको बताए । उनले प्रतिवेदन अध्ययन गरेर प्रदेशका सबै सांसदहरुलाई सहमतिमा ल्याएर सर्वसम्मत ढंगले पास गराउन पहल गरिने बताए ।हामीले सभामुखलाई प्रतिवेदन बुझाएका छौं’ समितिका संयोजक तारा लामा तामाङले भने, सभामुखबाट नै कुन दिन संसदमा पेस गर्ने भन्ने निर्णय हुन्छ ।’ उनले समितिले सर्वसम्मत ढंगले स्विकार गर्न सक्ने गरि प्रतिवेदन तयार पारेको बताए ।
प्रदेशको नाम र राजधानीबारे के उल्लेख गर्नुभएको छ भन्ने जिज्ञासामा संयोजक तामाङले भने ‘त्यस विषयमा सभामुखज्यूले बोल्नु हुन्छ । हामीले यस क्षेत्रको नाम र राजधानी यस क्षेत्रका नागरिकले गौरव गर्ने गरि सिफारिस गरेका छौंं।’ उनले भने ‘ प्रदेश राजधानी यस क्षेत्रका सबै जनतालाई पायक पर्ने स्थानमा सिफारिस गरिएको छ।जति सक्यो सर्वसम्मत ढंगले पास हुने गरि प्रतिवेदन तयार पारेको उनको भनाई छ।
प्रदेशको नामबारे धेरै विवाद नभएपनि राजधानी कहाँ राख्ने भन्ने विषयमा भने दलहरू नै आन्तरिक रूपमै विभाजित छन्। प्रदेशको संख्या र सीमांकन भएदेखि नै राजधानीबारे विभिन्न जिल्ला र पक्षबीच गम्भीर मतभेद छ । साविक सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको मुख्यालय रहेको डोटीको दिपायल मै प्रदेशको राजधानी पनि हुनुपर्ने मागसहित डोटीबासीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । हाल अस्थायी राजधानी रहेको धनगढीमा नै स्थायी राजधानी रहने सम्भावना निकै प्रवल रहेको देखिन्छ । त्यस्तै, नेकपाका केही नेता पूर्व माओवादी केन्द्रका केही नेताअत्तरियामा राजधानी राख्नुपर्नेमा जोड दिएका छन्।
Chandra Singh Ngyangjo Tamang
Ho that’s right Khaptad Pradesh dherai Ramro