फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ४, २०७७
|
|
२९ पटक हेरिएको
Shares
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सारांश

  • नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
  • निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो ।
  • अब नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११८ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर १०१ पुगेको छ।

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो ।

अब नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११८ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर १०१ पुगेको छ। यसैगरि हवाई इन्धन आन्तरिकको साविक मूल्यमा दुई रुपैयाँले वृद्धि भएको छ। अब हवाई इन्धन प्रतिलिटर ७४ रुपैयाँ पुगेको छ।

खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ।

अझै पनि पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याासमा प्रतिसिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको निगमको दाबी छ। जसअनुसार अर्धमासिक रुपमा निगमलाई एक अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ।

निगमले यसअघि फागुन ४ र १७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले ओलीलाई सोध्यो : वाइडबडी काण्ड कता हरायो प्रधानमन्त्री ज्यू ?
कांग्रेसले ओलीलाई सोध्यो : वाइडबडी काण्ड कता हरायो प्रधानमन्त्री ज्यू ?
रञ्जु दर्शनाको विषयमा भ्रामक समाचार छापेको आरोपमा अर्का अनलाइन सञ्चालक पक्राउ
रञ्जु दर्शनाको विषयमा भ्रामक समाचार छापेको आरोपमा अर्का अनलाइन सञ्चालक पक्राउ
सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो
सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो
दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा
दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा
प्रदेश २ मा नेकपाको सरकार बनाएरै छोड्ने उद्घोष
प्रदेश २ मा नेकपाको सरकार बनाएरै छोड्ने उद्घोष
दर्ताबिनै चलिरहेका छन् साढे ६ हजार उद्योग
दर्ताबिनै चलिरहेका छन् साढे ६ हजार उद्योग
गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षाको चेतावनी
भिटामिन ‘डी’को कमी हुनेलाई कोरोना संक्रमण र मृत्यु हुने बढि सम्भावना
भिटामिन ‘डी’को कमी हुनेलाई कोरोना संक्रमण र मृत्यु हुने बढि सम्भावना
गाएक अंकित नेउपानेकाे ‘ती रातहरू २’ नामक गित रिलिज
गाएक अंकित नेउपानेकाे ‘ती रातहरू २’ नामक गित रिलिज
संविधानले सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको छ : प्रदेश प्रमुख खापुङ
संविधानले सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको छ : प्रदेश प्रमुख खापुङ

तपाईंले छुटाउनुभयो कि?