उपप्रधानमन्त्री श्रेष्ठद्वारा पालिकास्तरीय अस्पतालको उद्घाटन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०८०
|
|
२६ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री श्रेष्ठद्वारा पालिकास्तरीय अस्पतालको उद्घाटन

सारांश

  • गोरखा ।
  • उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले गोरखाको अजिरकोट गाउँपालिकाको पालिकास्तरीय आधारभूत अस्पतालको आज उद्घाटन गरेका छन् ।
  • अजिरकोट गाउँपालिका–३, स्थित भच्चेकमा रहेको भच्चेक आधारभूत अस्पतालको एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले गोरखाको अजिरकोट गाउँपालिकाको पालिकास्तरीय आधारभूत अस्पतालको आज उद्घाटन गरेका छन् ।

अजिरकोट गाउँपालिका–३, स्थित भच्चेकमा रहेको भच्चेक आधारभूत अस्पतालको एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । विस २०३४ सालमा स्थापना भएको स्वास्थ्य चौकीलाई पाँच शय्यामा स्तरोन्नती गरी पालिकास्तरीय अस्पतालको रुपमा विकास गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

अस्पतालबाट चिकित्सकीय सेवा दिन सुरु भइसकेको उनले बताए । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी १८ जनाको दरवन्दी रहेको अस्पतालमा आवश्यक कर्मचारी व्यवस्थापनका लागि पालिकाले प्रक्रिया अघि बढाइसकेको अध्यक्ष देवकोटाको भनाइ छ ।

पालिकाले आफ्नै पहलमा उक्त अस्पतालबाट गत आर्थिक वर्षका साउनदेखि नै २४ चौविसै घण्टा आकस्मिक स्वास्थ्य उपचारसेवा प्रदान गर्दै आएको उनले बताए ।

भच्चेक आधारभूत अस्पतालबाट अजिरकोट गाउँपालिकासहित सिरानचोक, बारपाक सुलिकोट गाउँपालिका र लमजुङको दूधपोखरी गाउँपालिकाका बासिन्दाले स्वास्थय उपचार सेवा लिन सहज हुने हुने गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले जानकारी दिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
तातोपानी नाका आजदेखि खुल्ने
निर्वाचन सकिएको चार दिनपछि बुथ कब्जा गरेकाे उजुरी
निर्वाचन सकिएको चार दिनपछि बुथ कब्जा गरेकाे उजुरी
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य आवश्यक छ: उपराष्ट्रपति यादव
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य आवश्यक छ: उपराष्ट्रपति यादव
पोर्चुगलमा जमेका नेपाली कराँते खेलाडी हिक्मत घर्तीमगर
पोर्चुगलमा जमेका नेपाली कराँते खेलाडी हिक्मत घर्तीमगर
छोराको नाममा पहिलो पटक बोले सैफ:छोरा जन्माएको एक महिनामै करिनाले घटाइन् तौल !
छोराको नाममा पहिलो पटक बोले सैफ:छोरा जन्माएको एक महिनामै करिनाले घटाइन् तौल !
भारतको स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन, “एक देश, एक निर्वाचन”को प्रस्ताव
भारतको स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन, “एक देश, एक निर्वाचन”को प्रस्ताव
लगातार वर्षाले जनकपुर जलमग्न
लगातार वर्षाले जनकपुर जलमग्न
प्रम ओली देशबाहिर हुँदा प्रचण्ड, नेपाल र खनाल बीच गोप्य छलफल !
प्रम ओली देशबाहिर हुँदा प्रचण्ड, नेपाल र खनाल बीच गोप्य छलफल !
गृह प्रशासन र सुरक्षा निकायमा योगको नियमित प्रशिक्षण गराइने
गृह प्रशासन र सुरक्षा निकायमा योगको नियमित प्रशिक्षण गराइने

तपाईंले छुटाउनुभयो कि?