यिनि हुन मुन्नाभाईकाे डुब्लिकेट !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
३८ पटक हेरिएको
Shares
यिनि हुन मुन्नाभाईकाे डुब्लिकेट !

सारांश

  • काठमाडौं, २१ बैशाख ।
  • झट्ट हेर्दा मुन्नाभाई अर्थात अभिनेता सञ्जय दत्तजस्तै देखिन्छन् यिनी ।
  • तर, उनी सञ्जय होइनन् ।

काठमाडौं, २१ बैशाख । झट्ट हेर्दा मुन्नाभाई अर्थात अभिनेता सञ्जय दत्तजस्तै देखिन्छन् यिनी ।

तर, उनी सञ्जय होइनन् । फिल्म ‘सञ्जू’मा रणवीर कपूरको लुक्स हो यो । तर, डेनिम जिन्स र पहेँलो कलरको शर्टले रणवीर ठ्याक्कै सञ्जयजस्तै देखिएका छन् ।राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्म ‘सञ्जू’ सञ्जय दत्तको जीवनमा आधारित छ । फिल्ममा रणबीरले सञ्जय दत्तको भूमिका निभाएका छन् ।

केही दिनअघि फिल्मको ८५ सेकेन्डको टीजर रिलिज गरिएको थियो । टीजरपछि रणवीरको फरक–फरक लुकमा पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार पनि निर्माताले पाँचौ पोस्टर सार्वजनिक गरेका छन् ।

निर्देशक हिरानीले ट्विट गर्दै फिल्ममा रणवीरको लुक मुन्नाभाईकै जस्तो देखिएको बताएका छन् । यसअघि बुधवार सार्वजनिक गरिएको पोस्टरमा रणवीर लामो कपालमा देखिन्छन् । उनको उक्त लुक देखेर फिल्म प्रशंसले ९० को दशकमा सञ्जय दत्तको फिल्म ‘साजन’ र ‘आतिश’ को लुकलाई स्मरण गरे । त्यस्तै, दोस्रो पोस्टर बिहीबार रिलिज गरिएको थियो । त्यसमा पनि ९० कै दशकको सञ्जयको लुक देखाइएको छ । मंगलबारको पहिलो पोस्टरमा भने सञ्जय जेलबाट छुटेपछिको लुकमा रणवीर देखिएका छन् ।

‘सञ्जू’ मा सञ्जय दत्त बलिउड सुपर स्टारदेखि जेलबाट रिहा भएसम्मको कथा रहेको बताइन्छ । फिल्ममा सञ्जयले जीवनमा भोगेका सारा विवाद र उताव–चढावलाई चित्रण गरिएको बताइएको छ ।
फिल्मको कथा राजकुमार हिरानी र अभिजात जोशीले लेखेका हुन् ।

विधु विनोद चोपडा, राजकुमार हिरानी र मुम्बईको फोक्स स्टार निर्माता रहेको यो फिल्म २९ जूनमा रिलिज हुँदैछ । फिल्ममा रणवीरका अलावा परेश रावल, मनिषा कोइराला, अनुष्का शर्मा, सोनम कपूर, दीया मिर्जा, विक्की कौशल, जिम सरभ र बोमन ईरानी मुख्य भूमिका छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?