लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
सारांश
- काठमाडौ ।
- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतद्वारा मिचिएको कालापानी क्षेत्रको नेपाली भू–भाग फिर्ता ल्याउने काम राष्ट्रिय अभिभाराका रुपमा रहेको बताएका छन् ।
- आज ९शुक्रबार० दार्चुलामा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतद्वारा मिचिएको कालापानी क्षेत्रको नेपाली भू–भाग फिर्ता ल्याउने काम राष्ट्रिय अभिभाराका रुपमा रहेको बताएका छन् । आज ९शुक्रबार० दार्चुलामा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले नेपालले आफ्नो भू–भाग एक इन्च पनि नछोड्ने र मिचिन नदिने स्पष्ट पारे ।
आगामी निर्वाचनबाट एमालेको सरकार गठन हुने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भारतद्वारा मिचिएको जमिन फिर्ता ल्याउने दृढता व्यक्त गरेका छन् । उनले विगत ६० बर्षदेखि कालापानी क्षेत्रको नेपाली भू–भागमा बस्दै आएको भारतीय सेना फिर्ता जानुपर्ने बताए । ओलीले महाकाली नदी भारतसँगको सिमाना रहेको र नदी सर्दै जाँदा सीमा पनि सर्दै जाँदैन भन्दै दार्चुलामा महाकाली पहिले बग्ने गरेको ठाउँमा भारतले बाँध बाध्न नहुने स्पष्ट गरे ।
नदी सर्यो कि सीमा सर्यो होइन, यस्ता कामलाई नेपाली जनताले थिचोमिचोका रुपमा बुझ्ने वताउँदै अध्यक्ष ओलीले भन्नुभयो–‘ठूलो भारतले सानो चित्त गर्ने होइन । उनले दार्चुलाको सदरमुकाम खलङ्गा बजारलाई महाकालीको बाढीबाट सुरक्षित राख्न तटबन्ध बनाउने ग्यारेण्टी गरे ।
उनले भने,देशको रक्षा, विकास र जनताका समस्याको समाधान पाँच छ दल मिलेर बनेको सरकारले गर्न सक्दैन । यिनीहरुले मिचिएको नेपाली भूभाग फिर्ता ल्याउन पनि सक्दैनन् । त्यो काम राष्ट्रिय शक्तिका रुपमा अगाडि बढिरहेको एमालेले मात्र गर्न सक्छ ।’
उनले तुइन चुडाईं नेपाली युवा महाकालीमा बेपत्ता हुँदा होस् वा भर्खरै बाटो बनाउने क्रममा नेपाली बालिकाको मृत्यु हुँदा, भारतीय पक्षबाट नेपालीमाथि हुने गरेका ज्यादतीका बारेमा एमालेले आवाज उठाएपछि मात्र वर्तमान गठबन्धन सरकार बोल्न बाध्य हुने गरेको बताए । उनले दार्चुलासम्मको सडक विस्तारको काम एमालेको सरकारले अगाडि बढाएको लगायतका विकासका कामको चर्चा गर्दै यहाँका जनताका समस्या एमालेले बुझेको र ती समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले टालाटुली बटुली पुतली बनाएजस्तो पाँच सातवटा दल मिलेर बनाउने सरकारले देशको विकास र जनताका समस्या समाधान नगर्ने भएकाले राष्ट्रिय शक्तिका रुपमा अगाडि बढिरहेको एमालेलाई एकल बहुमत दिई सरकार गठन गर्ने गरी विजयी बनाउन आग्रह गरे ।
उनले दार्चुलाबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका नेताहरुले पटक पटक मन्त्री हुँदा समेत दार्चुलाको विकास र यहाँका जनताका समस्या समाधान गर्ने कुरामा कुनै ध्यान नदिएको वताउँदै प्रतिनिधि सभा र प्रदेशसभामा तीनैजना एमाले उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन दार्चुलावासीलाई आग्रह गरे । कार्यक्रममा एमाले सचिव लेखराज भट्ट लगायत नेताहरु सहभागी थिए ।
Konto na Binance
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Fred
Excellent post however I was wanting to know if you could write a litte more on this topic?
I’d be very grateful if you could elaborate a little bit further.
Kudos!
Take a look at my blog post :: گیلان زنده دل