एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०८०
|
|
५० पटक हेरिएको
Shares
एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

सारांश

  • कर्णाली।
  • नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीमा गुलावजंग शाह विजयी भएका छन्।
  • शाहले तीन सय ६९ मत ल्याएर विजयी भए।

कर्णाली। नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीमा गुलावजंग शाह विजयी भएका छन्। शाहले तीन सय ६९ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी मीनबहादुर शाहीले दुई सय सात मत प्राप्त गरे। अध्यक्षका अर्का प्रत्याशी प्रकाश रोकायले भने मात्र चार मत प्राप्त गरे।

उपाध्यक्षमा टेकराज पछाई दुई सय ६२ मत ल्याएर विजयी भएका छन्। उनहाँका प्रतिस्पर्धी लालबहादुर महताराले एक सय ७६ मत प्राप्त गरे।

त्यस्तै, प्रदेश कमिटी सचिवमा चार सय छ मत प्राप्त गरी ध्रुवकुमार शाही विजय भएका छन्। उनका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गरे।

उपसचिवमा रवीन्द्रराज शर्माले तीन सय मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रत्याशी रमेश शाहीले दुई सय ६६ मत प्राप्त गरे।

महिला उपसचिवमा पद्मा खड्काले एक सय ५२ मत प्राप्त गरी विजयी भइन् भने उनका प्रतिस्पर्धी मेनका पछाईले ९६ मत प्राप्त गरिन्।

उपसचिवमा नौ उम्मेदवारहरु चुनावमा भाग लिएका थिए। प्रदेश कमिटीको प्रथम अधिवेशनमा जम्मा छ सय चार मत खसेको पाँच सय ८० मत सदर र २४ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
एकताले मात्र सफलता हासिल स् सभापति देउवा
सिन्धुपाल्चोकका नेपाली कांग्रेसका प्रभावशालि नेता एमालेमा प्रवेश
सिन्धुपाल्चोकका नेपाली कांग्रेसका प्रभावशालि नेता एमालेमा प्रवेश
चन्द्रगढी विमानस्थल अन्तराष्ट्रिय उडानयोग्य बनाइदै
चन्द्रगढी विमानस्थल अन्तराष्ट्रिय उडानयोग्य बनाइदै
शिकारका लागि खुला ढोरपाटन आरक्ष
शिकारका लागि खुला ढोरपाटन आरक्ष
नेकपाको सचिवालय बैठक जारी, २ मन्त्री सहित भीम रावल पनि सहभागि
नेकपाको सचिवालय बैठक जारी, २ मन्त्री सहित भीम रावल पनि सहभागि
एमालेभित्र राष्ट्रपति बन्न लबिङ
एमालेभित्र राष्ट्रपति बन्न लबिङ
खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउनु पर्छ: रेखा शर्मा
खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउनु पर्छ: रेखा शर्मा