एउटा चुनाव जित्दैमा धेरै फूर्तिफार्ती गर्नु पर्दैन : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
एउटा चुनाव जित्दैमा धेरै फूर्तिफार्ती गर्नु पर्दैन : प्रधानमन्त्री ओली

सारांश

  • रौतहट ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा चुनाव जित्दैमा धेरै फूर्तिफार्ती गर्नु नपर्ने बताएका छन् ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नम्बर २ कमिटीले आयोजना रौतहटको गरुडास्थित इनर्वाहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थिरताका कारण देश विकास सहज भएको र विकासका काम कुनै पनि कारणले रोकिन नसक्ने बताए ।

रौतहट । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा चुनाव जित्दैमा धेरै फूर्तिफार्ती गर्नु नपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नम्बर २ कमिटीले आयोजना रौतहटको गरुडास्थित इनर्वाहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थिरताका कारण देश विकास सहज भएको र विकासका काम कुनै पनि कारणले रोकिन नसक्ने बताए ।

अन्धविश्वास, कुरीति अब सहन नसकिने बताउँदै प्रधानमन्त्रीले बोक्सी प्रथाको विरोध गर्दै आफूलाई लगाएर देखाउन चुनौति गरे । “बोक्सी लाग्ने भए चुनावमा अरुलाई हराएर बोक्सीले चुनाव जितिहाल्थे नि । लु मलाई कसैले बोक्सी लागेर देखाओस् त !”

“स्थिरता र बहुमत भएकाले देशलाई अगाडि बढाउन सक्छौं एउटा प्रदेशमात्र होइन, सिंगै देश विकास गर्ने हो” प्रधानमन्त्रीको भनाइ छ । तराईको विकासका लागि ३ सय ५२ सय करोड रकम छुट्याएको प्रधानमन्त्रीले जानकारी दिए । संविधान बमोजिम संरचना निर्माण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबै तहले विकासलाई तीव्र प्राथमिकतामा राखेको बताए ।

एउटा चुनाव जित्दैमा धेरै फुर्तीफार्ती नगर्न राष्ट्रिय जनता पार्टीलाई आग्रह गरे । सिके राउत नेतृत्वको स्वतन्त्र मधेस अभियान नेपालको संविधान सार्वभौमसत्ता अक्षुण्तामा सहमत भएर देश निर्माण अभियानमा सहभागी भएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले रौतहट र तराईको विकासका लागि चन्द्रानिगाहापुर सडक, गरुडामा खानेपानी आयोजना, नगरपालिकाको चक्रपथ निर्माण, कृषिको आधुनिकीकरण र मलको उपलब्धता, दरबन्दी नभएका विद्यालयमा दरबन्दी थप गर्ने प्रतिबद्धता जनाए । लालबकैयाको बाढीपीडितको समस्या आफूलाई पहिल्यै जानकारी भएको बताउँदै प्रधानमन्त्रीले भारतीय बाँधको डुबानबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरिसकेको जानकारी गराए ।

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी चुनावः बाइडेनको अग्रता कायमै
अमेरिकी चुनावः बाइडेनको अग्रता कायमै
मानवअधिकार आयोगलाई बलियो बनाउने प्रधानमन्त्री दाहालको प्रतिवद्धता
मानवअधिकार आयोगलाई बलियो बनाउने प्रधानमन्त्री दाहालको प्रतिवद्धता
वैदेशिक रोजगारमा गएका ८६ महिला गर्भवती अबस्तामा फर्कीए
वैदेशिक रोजगारमा गएका ८६ महिला गर्भवती अबस्तामा फर्कीए
बौद्धिक देखिन अरुको भाषा नक्कल गर्ने बढे : उपराष्ट्रपति पुन
बौद्धिक देखिन अरुको भाषा नक्कल गर्ने बढे : उपराष्ट्रपति पुन
कर्णाली प्रदेशमा असार १ गते उत्पादनमुखी बजेट ल्याउने तयारी
कर्णाली प्रदेशमा असार १ गते उत्पादनमुखी बजेट ल्याउने तयारी
प्रधानमन्त्री दाहाल भन्छन्: सङ्घीय शिक्षा विधेयक छिट्टै संसदमा पेस गर्छौं
प्रधानमन्त्री दाहाल भन्छन्: सङ्घीय शिक्षा विधेयक छिट्टै संसदमा पेस गर्छौं
प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या
प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या
गोरखा १ मा प्रचण्ड, २ मा नारायणकाजी उम्मेदवार सिफारिस
गोरखा १ मा प्रचण्ड, २ मा नारायणकाजी उम्मेदवार सिफारिस
नेपाल भ्रमण वर्ष नजिकिदै, २० लाख पर्यटक आउने आधार के ?
नेपाल भ्रमण वर्ष नजिकिदै, २० लाख पर्यटक आउने आधार के ?
दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…
दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…

तपाईंले छुटाउनुभयो कि?