प्रधानमन्त्री देउवा र ओली किन भेट्दै ?
सारांश
- प्रधानमन्त्री शेरबहादुर देउवार र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आइतबार भेटवार्ता हुने भएको छ ।
- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे भेटवार्ता हुन लागेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
- देउवा र ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको रिमालले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवार र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आइतबार भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे भेटवार्ता हुन लागेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
देउवा र ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको रिमालले बताए । ‘प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको हो । प्रधानमन्त्रीको एजेन्डा के हो हामीलाई थाहा छैन,’ रिमालले भने ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया