१ रुपैंयामा वल्र्डकप जर्सी !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
३७ पटक हेरिएको
Shares
१ रुपैंयामा वल्र्डकप जर्सी !

सारांश

  • काठमाडाै, २० जेठ ।
  • विश्वकप फुटलको जर्सी १ रुपैंयामा पार्इने  भएको छ ।
  • मोबाइल एप Reecharger ले १ रुपैंयामा त्यस्तो जर्सी उपलब्ध गराउने भएको हाे ।

काठमाडाै, २० जेठ । विश्वकप फुटलको जर्सी १ रुपैंयामा पार्इने  भएको छ ।

मोबाइल एप Reecharger ले १ रुपैंयामा त्यस्तो जर्सी उपलब्ध गराउने भएको हाे । आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबल प्रेमिलाई ९९९ रुपैंयाको जर्सी १ रुपैंयामा उपलब्ध गराउने अफर Reecharger ले ल्याएको हो । विश्वकप फुटबल सुरु हुन २ साता मात्र बाँकी हुँदा Reecharger ले ठुलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षित गर्दै यस्तो अफर ल्याएको बताएकाे छ ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट Reecharger डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० रुपैंया क्यास व्याक पाउने छन् । त्यस पछि जतिको मोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास व्याक पाउनु हुन्छ । यसरी प्राप्त हुने क्यास व्याकलाई Reecharger बाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ ।  ‘तपाईले ५०० क्यास व्याक सदुपयोग गरी १ रुपैंया मात्र भुक्तान गर्दा ९९९ रुपैंयाको जर्सी पाउनु हुनेछ ।’ ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने । उनका अनुसार यो अफर सिमित अवधिका लागि मात्र लागू हुनेछ । ग्लाइडरका अनुसार प्रत्येक एक महिनामा यस्ता अफरहरु नियमित रुपमा सञ्चालन गरिनेछ ।

‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा तपाईले ११ वटा बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नु हुन्छ ।’ ग्लोबल की टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भने ।

‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको Reecharger गुगल प्ले तथा एप्पल एप स्टोरमा गरी ४५ हजारभन्दा बढी डाउनलोड भैसकेको छ । नेपालमा चलन चल्तीमा रहेका १ हजार बढी ब्राण्डसंग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य Reecharger ले लिएको छ ।

होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायकका बिलहरु पनि तिर्न सकिने तयारी गरिरहेको Reecharger एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिन्छ

यो अफर आगामि आइतबार अर्थात जुन ३ तारिखका दिन दिउँसो १२ बजेबाट सुरु हुनेछ । यो अफर Reechargerको वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?