देशभर डेँगुको त्रास बढ्दो, टेकु अस्पतालमा मात्रै १३५० डेङ्गु रोगी फेला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २४, २०७६
|
|
२९ पटक हेरिएको
Shares
देशभर डेँगुको त्रास बढ्दो, टेकु अस्पतालमा मात्रै १३५० डेङ्गु रोगी फेला

सारांश

  • काठमाडौँ ।
  • देशभर डेँगुको त्रास बढिरहेका बेला पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ।
  • अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो रोग देखा परेको अस्पतातले जनाएको छ।

काठमाडौँ । देशभर डेँगुको त्रास बढिरहेका बेला पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ। अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो रोग देखा परेको अस्पतातले जनाएको छ।

अस्पताल तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा सो रोगको परीक्षण गराउने बिरामीको सङ्ख्या अत्यधिकरुपमा बढिरहेको छ । अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ चिकित्सक अनुप बाँस्तोलाले अस्पतालमा बिरामीको चाप अत्यधिकरुपमा बढिरहेको जानकारी दिँदै कार्यरत स्वास्थ्यकर्मीलाई बिरामीको स्वास्थ्य परीक्षण गराउन भ्याइनभ्याइ भएको बताए।

सोमबारमात्रै अस्पतालमा ४४८ ले सो रोगको परीक्षण गराएका थिए । तीमध्ये ३११ मा सो रोगको सङ्क्रमण देखा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएपछि अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको जनाइएको छ।

पछिल्लो समय काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रुपमा नै देखा पर्न थालेको छ । अस्पतालमा बिरामी भर्ना गर्ने श्यया अभावसमेत रहेको छ। अस्पतालमा उक्त रोगका लागि २४ श्ययामात्र रहेका छन्। अस्पतालका निर्देशक चिकित्सक वासुदेव पाण्डेले रोगको परीक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेङ्गु हेल्थ डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको जानकारी दिए।

उनले भने, “अस्पतालले सोमबारबाट छुट्टै ‘फिवर क्लिनिक’समेत सञ्चालनमा ल्याएको छ, क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु गरेको छौँ ।” पछिल्लो समय सो रोगको सङ्क्रमण देशका ४८ जिल्लामा देखा परिसकेको छ। मन्त्रालयका अनुसार रोगको सङ्क्रमणका कारण तीनजनाको अकालमा मृत्युसमेत भएको छ।

के हो डेङ्गु
डेङ्गु रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । पोथी जातको सो लामखुट्टेको टोकाइको भाइरसबाट सङ्क्रमित भई रोग सर्दछ । विसं २०७६ को वैशाखदेखि हालसम्म छ हजारभन्दा बढी बिरामी भइसकेका जनाइएको छ। प्रायः सो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । वर्षात्को समयमा शुरु भएपछि सो रोग बढी देखा पर्ने चिकित्सकले जनाएका छन्।

ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुने सो रोगका लक्षण भएका सरुवा रोग विशेषज्ञ चिकित्सक बाँस्तोलाले जानकारी दिए।

मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्यरुपमा सो रोगबाट बच्ने उपाय मानिन्छ । पूरा शरीर ढाकिने गरी कपडा लगाउने लामखुट्टेको टोकाइबाट बच्न राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर सफा राख्ने पानी जम्न नदिने, पानी राख्ने भाँडाजस्तै पानी ट्याङ्की, ग्रागी, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्ने सुझाव चिकित्सकको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवदुर्गा मन्दिर बनाउन १६ वर्षदेखि पदयात्रा
नवदुर्गा मन्दिर बनाउन १६ वर्षदेखि पदयात्रा
नेकपाको स्थायी समिति बैठक: एजेन्डाबारे नेताहरुलाई छैन जानकारी
खुकुरी प्रहार गरी घाइते बनाउने पक्राउ
खुकुरी प्रहार गरी घाइते बनाउने पक्राउ
स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की (अन्तर्वार्ता)
स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की (अन्तर्वार्ता)
उग्र बन्दै रोशनी शाही, भण्डाफोर गर्ने भन्दै मागिन प्रम ओली र प्रचण्डको राजीनामा
उग्र बन्दै रोशनी शाही, भण्डाफोर गर्ने भन्दै मागिन प्रम ओली र प्रचण्डको राजीनामा
“साईली” गीतको सफलता संगै फिल्म बन्ने भो
“साईली” गीतको सफलता संगै फिल्म बन्ने भो
सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना
सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना
प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ः राष्ट्रपति
प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ः राष्ट्रपति
अदालतको अवहेलना प्रधानन्यायाधीशले गरे : गोविन्द केसी
अदालतको अवहेलना प्रधानन्यायाधीशले गरे : गोविन्द केसी
मन्त्री नै चलाउँछिन् मेनपावर, मागेको विवरण बुझाउँदैनन् पहुँचवालाका मेनपावर
मन्त्री नै चलाउँछिन् मेनपावर, मागेको विवरण बुझाउँदैनन् पहुँचवालाका मेनपावर

तपाईंले छुटाउनुभयो कि?