बाबा रामदेव भन्छन् चिनियाँ सामान बहिष्कार गरौं …
सारांश
- नयाँ दिल्ली: योग गुरू बाबा रामदेवले भारतीय नागरिकसँग चीनमा उत्पादित सामानको प्रयोग बन्द गर्न अपिल गरेका छन् ।
- रामदेवले भारतीय पत्रकारहरुसँग कुरा गर्दै चीनका सामानको किनमेल बन्द गरेर चीनलाई नियन्त्रण गर्न सकिने बताएका हुन् ।
- उनले अझ अघि बढ्दै चीनका सामान खरिद गर्नु भनेको देशकाका दुष्मनलाई मद्दत गर्नु बराबर रहेको जिकिर गरे ।
नयाँ दिल्ली: योग गुरू बाबा रामदेवले भारतीय नागरिकसँग चीनमा उत्पादित सामानको प्रयोग बन्द गर्न अपिल गरेका छन् ।
रामदेवले भारतीय पत्रकारहरुसँग कुरा गर्दै चीनका सामानको किनमेल बन्द गरेर चीनलाई नियन्त्रण गर्न सकिने बताएका हुन् ।
उनले अझ अघि बढ्दै चीनका सामान खरिद गर्नु भनेको देशकाका दुष्मनलाई मद्दत गर्नु बराबर रहेको जिकिर गरे ।
‘चीनका सामानलाई पुरै देशमा वहिष्कार गर्नु जरुरी छ’, उनले भने, ‘किनकि अहिलेको चिनियाँ गतिविधिले भारतको राष्ट्रिय एकता अखण्डता र सम्प्रभुतामा खतरा रहेको छ ।’
उनले अगाडि भने, ‘दीवालीदेखि लिएर सबै पर्वमा यहाँसम्मकि हाम्रा घरमा राम, कृष्ण, हनुमान र गणेशजीका मूर्ति पनि चीनबाटै आइरहेका छन् ।’
भारत-चीनबीचमा धेरै ठूलो परिणाममा ब्यापार हुने गरेको छ । भारतले ठूलो मात्रामा चीनबाट सामान आयात गरिरहेको छ।
रामदेवले भने, ‘हाम्रो घरमा घरमा दीवालीमा बालिने बत्ती पनि चीनबाटै आइरहेको छ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट सम्बन्ध रहेका रामदेवको यो भनाईलाई भारतीय सरकारकै चीनलाई गलाउने एउटा अस्त्रकारुपमा लिइएको छ ।
भारत सरकारले केही वर्षदेखि भारतकै उत्पादनलाई बढावा दिनका लागि मेक इन इन्डिया कार्यक्रम चलाइरहेको छ ।
तर चीनबाट भारतले केबल बिजुलीबाट चल्ने उपकरण, खेलौना, र लाइटमात्रै भारतले आयात गर्दैन । भारतले कयौं औषधिमा प्रयोग गरिने रसायन पनि चीनबाटै आयात गर्ने गरेको छ।
बाबा रामदेव भारतीय कम्पनी पतञ्जलिसँग जोडिएका छन्। जुन कम्पनीले भारतमा कयौं किसिमका सामान बनाइरहेको छ। भारत तथा विश्वका अन्य देशमा अर्बौंको संख्यामा यसको ब्यापार पनि पतञ्जलिले गर्दै आएको छ ।
पतञ्जलि कम्पनी घरेलु प्रयोगकका उत्पादनसमेत कयौं किसिमका सामान बनाउँछ । पतञ्जलिले तीब्र गतिमा भारतमा आफ्नो ब्यापार बढाइरहेको छ।
प्रतिक्रिया