बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ५, २०८१
|
|
२६ पटक हेरिएको
Shares
बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ।
  • आयोगको मंगलबार बालुवाटारमा बसेको बैठकले प्रस्तावित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो।

काठमाडौं। राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ।

आयोगको मंगलबार बालुवाटारमा बसेको बैठकले प्रस्तावित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो। आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा मंगलबार बालुवाटारमा आयोगको बैठक बसेको थियो।

बिएन्डसीलाई सम्बन्धन दिन सर्वोच्च अदालतले यसअघि परमादेश दिइसकेको थियो। अदालतले नै परमादेश दिइसकेकाले सोही अनुसार निर्णय भएको हो। बैठकमा आयोगका सह–अध्यक्ष स्वास्थ्य तथा जनससंख्या मन्त्री प्रदीप यादव र शिक्षा मन्त्री सुमना श्रेष्ठ पनि थिए।

सर्वोच्च अदालतले काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा जेठ २४ गते परमादेश जारी गर्दै १५ दिनभित्र बिएन्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाउदै
हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाउदै
भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा
भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा
मन्त्रिपरिषद्द्वारा नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्ने अनुमति
मन्त्रिपरिषद्द्वारा नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्ने अनुमति
नेदरल्याण्डसको युरोकपमा विजयी शुरुवात
नेदरल्याण्डसको युरोकपमा विजयी शुरुवात
माओवादीका मन्त्रीहरुले सरकार छाडेसँगै गरे महत्वपूर्ण घोषणा
माओवादीका मन्त्रीहरुले सरकार छाडेसँगै गरे महत्वपूर्ण घोषणा
पूर्वप्रधानमन्त्रीहरुसँग भारत भ्रमणबारे के भने प्रधानमन्त्री ओलीले ?
पूर्वप्रधानमन्त्रीहरुसँग भारत भ्रमणबारे के भने प्रधानमन्त्री ओलीले ?
आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने
आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने
निलम्बित सभासद साहविरुद्ध मुद्दा दायर…
निलम्बित सभासद साहविरुद्ध मुद्दा दायर…
देउवाकाे  राष्ट्रपति बन्ने दाउ, प्रचण्डले पुरा गर्लान र ?
देउवाकाे राष्ट्रपति बन्ने दाउ, प्रचण्डले पुरा गर्लान र ?
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यपद त्याग्ने यि नेता !
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यपद त्याग्ने यि नेता !

तपाईंले छुटाउनुभयो कि?