गुण्डा नाइके दावा लामा भारतमा परे पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०७५
|
|
२० पटक हेरिएको
Shares
गुण्डा नाइके दावा लामा भारतमा परे पक्राउ

सारांश

  • काठमाडौं, १६ भदौ ।
  • गुण्डा नाइके जीतेन्द्र तामाङ भनिने दावा लामा भारतमा पक्राउ परेका छन् ।
  • दुबईबाट दिल्ली हुँदै काठमाडौं फर्किने क्रममा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका हुन् ।

काठमाडौं, १६ भदौ । गुण्डा नाइके जीतेन्द्र तामाङ भनिने दावा लामा भारतमा पक्राउ परेका छन् । दुबईबाट दिल्ली हुँदै काठमाडौं फर्किने क्रममा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका हुन् ।

प्रहरीले उनी पक्राउ परेकोबारे बताउन चाहेको छैन । नेपाली कांग्रेसको युवा दस्ता तरुण दल काभ्रेको अध्यक्ष रहेका लामा गुण्डा नाइके गणेश लामा समूहबाट छुटेर आफ्नै समूह बनाई गुण्डागर्दी गर्दै आएको प्रहरीले बताउँदै आएको छ ।

यसैबीच नेपाल तरुण दलले एक विज्ञप्ति जारी गर्दै लामामाथि भएको घरपकडप्रति ध्यानाकर्षण भएको जनाउँदै लामाको निशर्त रिहाईको माग समेत गरेको छ । तरुण दलका कार्यबाहक अध्यक्ष उत्तम चापागाईँले जारी गरेको विज्ञप्तिमा शनिबार बिहान ९ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले सोधपुछ छ भनी नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको बताइएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tikaram Syangbo Tamang

    एेस्लाई पनि अाबाे ईन्काउन्टर गर्नु पर्छ नेपाल प्रहरीले अनि गुन्डा राज समात्त हुँदै जान्छ नेपालकाे

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?