एक्सन फिल्मको पर्खाइमा पुष्प खड्का

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १५, २०७६
|
|
२७ पटक हेरिएको
Shares
एक्सन फिल्मको पर्खाइमा पुष्प खड्का

सारांश

  • काठमाडौं।
  • अभिनेता पुष्प खड्काले अहिले फिल्म गरेका छैनन्।
  • भदौमा प्रदर्शनमा आएको फिल्म ‘मारुनी’पछि उनी म्युजिक भिडियोमा काम गरिरहेका छन्।

काठमाडौं। अभिनेता पुष्प खड्काले अहिले फिल्म गरेका छैनन्।भदौमा प्रदर्शनमा आएको फिल्म ‘मारुनी’पछि उनी म्युजिक भिडियोमा काम गरिरहेका छन्। त्यो पनि छनोट गरेर मात्र। उनलाई फिल्मको अफर नआएको भने होइन्, अफर आईरहेको छ तर कथा चित्त बुझिरहेको छैन्।

पुष्पले कस्तो कथाको फिल्म चाहेका हुनरु डिसी नेपालसंग कुरा गर्दै उनले आफूलाई एक्सन फिल्ममा काम गर्ने रुचि भएको बताए। ‘अहिले मेरो पहिलो रोजाइ एक्सन फिल्म गर्ने हो। त्यो भन्दैमा एक्सन मात्र भएर पनि भएन्, कथा, ब्यानर पनि राम्रो हुनुपर्यो’– उनले भने।

उनी पहिल्यैदेखि फरक–फरक खालका फिल्ममा काम गरिरहेका छन्। ‘दर्पण छायाँ २’ ‘मंगलम’, ‘दाल भात तरकारी’ हुँदै ‘मारुनी’सम्म आईपुग्दा त्यो देखिन्छ पनि। पुष्प राम्रो नृत्य साथै अभिनय गर्ने अभिनेताका रुपमा परिचित छन्। अब उनको रुचि एक्सन फिल्ममा छ। त्यसका लागि आफूलाई तयार पनि गरेका छन्। प्रतिक्षा गरौं, दर्शकले पुष्पलाई चाँडै नै एक्सन फिल्ममा पाउनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?