डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ७, २०७९
|
|
२२ पटक हेरिएको
Shares
डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना

सारांश

  • गलकोट।
  • नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मै अल्झिएको छ ।
  • उत्तरगङ्गा जलशययुक्त जलविद्युत् आयोजना निकै चर्चा पाएको आयोजना भए पनि अध्यानमै सीमित भएको छ ।

गलकोट। नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मै अल्झिएको छ ।

उत्तरगङ्गा जलशययुक्त जलविद्युत् आयोजना निकै चर्चा पाएको आयोजना भए पनि अध्यानमै सीमित भएको छ । आयोजनाको निर्माणको चर्चा विसं २०६१ देखि भए पनि बल्ल आएर डिपिआर थालिएको थियो । डिपिआर बनाउने विदेशी कम्पनीले काम नगरेपछि अहिले ठेक्का सम्झौता तोडिँदा आयोजना निर्माणमा थप अन्योल भएको हो ।

सम्भाव्यता अध्ययन सम्पन्नपश्चात् डिपिआरको काममा उत्तरगङ्गा पावर कम्पनीले इरानी कन्सल्टेन्सी शहीद, बहीद डास्ग्रेडी तेहरानलाई सम्झौता गरेर पनि उक्त कम्पनी फिल्ड नआएका कारण ठेक्का सम्झौता तोडिएको उत्तरगङ्गा जलविद्युत् आयोजनाका प्रमुख अम्बिकेश झाले जानकारी दिए।

“गत असोजदेखि डिपिआरको काम थालेको कन्सल्टेन्सीले स्थलगतरुपमा काम खटिन रुस र युक्रेन युद्धका कारण असमर्थ जनाएकाले ठेक्का सम्झौता तोडिएको हो, अब नयाँ ठेक्का लगाउने विषयमा ऊर्जा मन्त्रालयसँग छलफल भइरहेको छ”, झाले भने, “आयोजना निकै ठूलो र नमुना भएका कारण निर्माणमा ढिलाइ भए पनि उत्तरगङ्गा जस्तो आयोजना निर्माण नगरेर सरकारलाई सुखै छैन, हाम्रो जस्तो देशमा यस्ता बहुआयामिक आयोजना कम मात्रै छन्, ढिलो होला तर अवश्यक आयोजना बन्नेछ ।”

आयोजनाको वातावराणीय प्रभाव मूल्याङ्कनसमेत एक वर्षदेखि वन मन्त्रालयमा थन्किएको छ भने डिपिआरका लागि सम्झौता गरेको विदेशी कम्पनीले काम नगर्दा ठेक्का सम्झौता भङ्ग गरिएको झाले जानकारी दिए।

“डिपिआरका लागि परामर्शदाता छनोट गरेर काममा खटाएका थियौँ, रुस र युक्रेनको युद्धका कारण विदेशी कम्पनी आएन, एक वर्षदेखि काम नभएपछि ठेक्का रद्द गरेका छौँ”, आयोजना प्रमुख झाले भने, “अब नयाँ परामर्शदाताका लागि ठेक्का खुलाउने विषयमा निर्णय हुन बाँकी छ, नेपालकै नयाँ र नमुना आयोजनामा ढिलाइ भएको स्वीकार गर्छु, राजनीतिकरुपमा यो आयोजना सफल पार्न दबाब हुनुपर्दछ ।”

ढोरपाटन उपत्यकामा जम्मा गरेको पानी निसीखोलामा खसाल्ने या रुकुमपश्चिमममा खसाल्ने राजनीतिक विवादका कारण आयोजना अध्ययनमै सीमित भइरहेको छ । तर आयोजनाका प्राविधिकले निसीखोलामै पानी खसाल्दा मात्रै आयोजना सम्पन्न हुने बताउँदै आएका छन् । झाका अनुसार आयोजनाले उत्तरगङ्गा पावर कम्पनीमार्फत निरन्तररुपमा आयोजनाको काम गरिरहेको र ठूलो आयोजना भएकाले समय बढी खर्च भइरहेको बताए । उनले बाहिर आयोजना निर्माणमा भएको ढिलाइ नभएर निरन्तररुपमा आयोजनाको प्रक्रियागत काम भने भइरहेको छ ।

बागलुङको ढोरपाटनबाट बग्ने उत्तरगङ्गा नदी उपत्यकामा बाँध बानेर हिउँद बर्खामा समान विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । हिउँद र बर्खामासमेत आठ सय २८ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने प्रारम्भिक सर्वेक्षण रिपोर्टले बताएको छ । बागलुङमा बगिरहेको उत्तरगङ्गा नदी रुकुमको सानीभेरीमा मिसिँदै आएको छ । तर विद्युत् उत्पादन गर्न उक्त नदीको पानीलाई निसीखोलामा झार्ने आयोजनाको लक्ष्य रहेको छ ।

आयोजनाको पानी रुकम र बागलुङको निसीखोला कता खसाल्ने भन्नेमा नेताको द्विविधाका कारण आयोजनाले गति नलिएको स्थानीय रामबहादुर घर्तीमगरको भनाइ छ । नेपालकै महत्वपूर्ण आयोजनाका रुपमा सरकारले लिँदै आएको उत्तरगङ्गाप्रति जनताको धारणा दुईथरी रहेको छ । बाँध बन्दा ढोरपाटन उपत्यका पुरिने भन्दै आयोजना बनाउन समस्या हुने केही स्थानीयको भनाइ छ भने केहीले हाम्रो व्यवस्थापन भएमा आयोजनाले यहाँको आर्थिक विकासमा सहयोग पु¥याउने भन्दै सकारात्मक धारणा राख्दै आएको घर्तीमगरको भनाइ छ ।

विसं २०६१ देखि आयोजनाको प्रारम्भिक सर्वेक्षण सुरु गरे पनि वातावरणीय प्रभाव मूल्याङ्कनको काम भने तीर्न वर्षअघि मात्रै सम्पन्न भएको थियो । ढोरपाटनको उत्तरगङ्गा नदीमा दुई सय मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई ढोरपाटनको नवीदेखि सुरुङ माग हुँदै एक हजार छ सय ३४ मिटर तल खसालेर निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी मन्त्रीलाई हटाउन प्रधानमन्त्रीलाई कांग्रेसभित्रै दबाब,
माओवादी मन्त्रीलाई हटाउन प्रधानमन्त्रीलाई कांग्रेसभित्रै दबाब,
उत्तर कोरियाली लगानी नेपालमा पुरै बन्द
उत्तर कोरियाली लगानी नेपालमा पुरै बन्द
नेपाल लाइफद्धारा कोरोना उपचार कोषमा एक करोड सहयोग
नेपाल लाइफद्धारा कोरोना उपचार कोषमा एक करोड सहयोग
प्रदेशले अधिकार नभएको विषयमा निर्णय गर्छ भने त्यो कार्यान्वयन हुँदैन्:  लालबाबु पण्डित
प्रदेशले अधिकार नभएको विषयमा निर्णय गर्छ भने त्यो कार्यान्वयन हुँदैन्: लालबाबु पण्डित
Late actress Sridevi to have a city Flyover named after her?
Late actress Sridevi to have a city Flyover named after her?
प्रधानन्यायधीश जोशी कि मिश्र, कहिले बस्छ संवैधानिक परिषद् बैठक ?
प्रधानन्यायधीश जोशी कि मिश्र, कहिले बस्छ संवैधानिक परिषद् बैठक ?
काँग्रेसका आदर्श र सिद्धान्तको अनुसरण गर्न नेता सिंहको आग्रह
काँग्रेसका आदर्श र सिद्धान्तको अनुसरण गर्न नेता सिंहको आग्रह
गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फिर्ता
गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फिर्ता
अपरेसन गर्नै लाग्दा उदयपुर जिल्लाको भन्ने थाहा पाएपछि सरकारी अस्पताल रेफर
अपरेसन गर्नै लाग्दा उदयपुर जिल्लाको भन्ने थाहा पाएपछि सरकारी अस्पताल रेफर
धरानको सामाजिक सद्भाव खलबलले के सन्देश दिन्छ ?
धरानको सामाजिक सद्भाव खलबलले के सन्देश दिन्छ ?

तपाईंले छुटाउनुभयो कि?